• २०८१ असोज २९ मङ्गलबार

आमा म यहि देशमा हुन्छु

रश्मि रिमाल

रश्मि रिमाल

हो आमा !
म आँखामा लाली गुराँस फुलाउँदै
पाखुरीमा हलो कोदालो लिएर
खेतबारी र पाखाबारी जोत्दै,
मेरो माटो शिरमा लगाईरहेको छु
मुटुमा किन हो कुन्नि मेची काली को
याद आईरहेछ

देशको गीत गाउँदैछ धड्कन
मुटुमा किन हो कुन्नि
पसिरहेको छ चस्का
अगि भर्खर थाहा पाएँ
देशको माटो हातमा राखेर
यतिखेर शान्तिसुरक्षा गरिएकी छु
त्यसैले
स्नेहको पानी चढाएर पहाडको शिरमा
देशको गीत गाउँदै
सेवक को छहारीमा
मेरी आमाले
मकै र कोदो रोपिरहेकी छिन्

मलाई नसोध
बासुरीको धुन र छहारीको चिसो छोडेर
कहिँ पाइला राख्दिन
मलाई पहरा र छहराको
देश जोगाउनु छ,
आमा आउ तिमी र म मिलेर
अलमलिएकाहरूलाई
मायाको अँगालो मारेर
देशप्रेमको बाटो देखाऔँ
वरीपरी माया लगाएर
शुक्लपक्ष झैँ उज्यालो बाडौँ

विकाशको आकाश गंगा हौ तिमी
आउ तिमी र म मिलेर
आमाकोमोहनीमायाले
संसार उज्यालौँ

हेर, यसमा कसैले मन भड्काउनु छैन
किन भने
जन्मभुमी मुटु भन्दा प्यारो
सपना भन्दा सुन्दर हुन्छ


(झापा निवासी रश्मि रिमाल युवाकवि हुन् ।)
rashmirimal32@gmail