• २०८२ कार्तिक १९, बुधबार

अनेसास नेपाल च्याप्टरले कवि गोष्ठी गरेर मनायो ११७ औ देवकोटा जन्मजयन्ती

काठमाडौंँ ।

महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११७ औ जन्मजयन्तीको उपलक्ष्यमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरद्वारा कवि गोष्ठी सप्पन्न भएको छ ।

अनेसास नेपाल च्याप्टरको कार्यलय पुतलीसडकमा सम्पन्न भएको उक्त कवि गोष्ठी अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको अध्यक्षतामा आयोजना गरिएको थियो भने प्रमुख अतिथि प्राध्यापक डाक्टर खगेन्द्र लुइँटेल थिए ।

अनेसास नेपाल च्याप्टरका महासचिव रन्जना निरौलाले संचालन गरेको उक्त कार्यक्रममा नेपाल च्याप्टरका उपाध्यक्षद्वय मन्जिला अनील, निर्मल रमण पराजुलीलगायत अनेसासका सल्लाहकार तथा केन्द्रिय सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सबैले कविता वाचन गरेका थिए । देवकोटाका बारेमा प्रा. डा. खगेन्द्र लुइँटेलले बोल्नु भएको थियो ।