• २०८१ चैत ६ बिहीबार

प्रेमदिवस

छविरमण सिलवाल

छविरमण सिलवाल

मैले कहिल्यै प्रेम गरिन उनलाई
देखावटी प्रेम
उनले पनि मलाई कहिल्यै प्रेम गरिनन्
आडम्बरी प्रेम
तापनी
उनी र म
एउटै मन मुटुमा गाँसिएको
तिसौवर्ष उकालो लाग्दै छ
उनी म संग खुशी छिन्
म उनीसंग दङ्ग छु
जीवन चलेकै छ

आडम्वर र वनावटी माया
कहिल्यै दिगो होला र ?
हामीलाई सधै प्रेम दिवस छ
सधै उल्लास छ
फूलको हत्या गर्दैमा
के माया अजम्वरी हुन्छ र ?
हामी कुनै पे्रम दिवस विनै
एक अर्कालाई प्रेम गरिरहेका छौ
बगैचामा प्रेमको फूलफुलाई रहेका छौं
हाम्रा लागि सधैं प्रेम दिवस
सधै उल्लासमय
सधै यहि कामना गरिरहेछौं ।


छविरमण सिलवाल
[email protected]