• २०८२ कार्तिक ४, मंगलवार

नेपालीप्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मानतथा पुरस्कार– २०२५’ घोषणा

लन्डन ।

नेपालीप्रतिभा प्रतिष्ठान बेलायतले यस वर्षको प्रतिभा सम्मानतथा पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानले वरिष्ठ कवि जसराज किरातीलाई ‘विशिष्ट प्रतिभा सम्मान–२०२५’ र युवापत्रकार तथा लेखक बिजेता कर्ण चौधरीलाई ‘प्रतिभा पुरस्कार– २०२५’ प्रदान गर्ने निर्णय गरेको शनिबार १८ अक्टुबरमा जारी विज्ञप्तिमा उल्लेख छ । विशिष्ट सम्मानमानगद एक लाख, ताम्रपत्र र दोसल्ला रहेको छ भने पुरस्कारमा नगद एक लाख राशि र ताम्रपत्र रहेको छ ।

विशेष परिस्थितिमामात्र विशिष्ट सम्मानको व्यवस्थागर्दै आएको प्रतिष्ठानले प्रस्ट पारेको छ । यसअघि संस्थाले वरिष्ठ कवि बैरागीकाइँलालाई मात्र विशिष्ट सम्मानले सम्मानित गरेको जनाएको छ । वि. सं २००२ साउन १७गते मैचुङगाउँ, बुइपा–६, खोटाङमा जन्मेका जसराज किरातीबाल्यकालदेखि नै कविता लेखनमा सक्रिय रहँदै आउनुभएको छ । उहाँको पहिलो कृति ‘उज्यालो खोज्ने आँखाहरू’, कवितासङ्ग्रह, २०३६, ‘जसराज किरातीकाकविता’, कवितासङ्ग्रह, २०५७ र ‘जसराज किरातीकाप्रतिनिधिकविताहरू’कवितासङ्ग्रह, २०६४ प्रकाशित छन् ।

नेपालमा छापाखानाको विकास राम्ररी नहुँदै उहाँले हस्तलिखित साहित्यिकपत्रिकागोरेटो २०२० सालमा सम्पादन गर्नुभएको थियो । यसैगरी ‘अर्धचन्द्र’ दैमासिक २०२०, ‘आक्रोश’ २०२६ र ‘हलेसी पुञ्ज’ २०४१ सालमाप्रकाशितपत्रिकाहरू किरातीको सम्पादन रहेका छन् । छ दशकसम्मलगातार नेपालीकविता लेखनमाउहाँको अतुलनीय योगदानको कदर गर्दै किरातीलाई विशिष्ट सम्मानप्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।

सन् १९८१ सालमाधनुषाको जनकपुरधाममाजन्मेकी चौधरीले मैथिलीभाषा साहित्यतथा नेपालीपत्रकारिता क्षेत्रमा सक्रिय रहनुभएको छ । ४४ वर्षीया चौधरीले आरआर बहुमुखीक्याम्पस जनकपुरबाट नेपालीमा स्नातकोत्तर र पत्रकारिताविषयमा स्नातकअध्यायन पूरा गर्नुभएको छ । उहाँको ‘धाराक विरूद्ध’कवितासङ्ग्रह सन् २०१९ (मैथिली) र ‘कफ्र्यु’ कथासङ्ग्रह सन् २०२० (मैथिली) तथा ‘चुप्पीचिकरैछ निःशब्धनिशब्ध’, २०२१, एक पंक्तिकवितासङ्ग्रह (लेखिकाद्वारा प्रथमप्रयोग) कृतिहरु प्रकाशित छन् । चर्चित साहित्यकार मनु ब्राजाकीकृत ‘तिम्री स्वास्नी र म’को मैथिलीअनुवाद ‘तोहर कनियाँआहम’ सन् २०२२ र ‘ऋतम्भरा’नीरजा रेणु कृत मैथिलीकथासङ्ग्रहको नेपालीअनुवाद, नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशोन्मुख रहेको छ ।

यस्तै विश्वेश्वरप्रसाद कोइरालाकाकथा साहित्यकी नारी पात्रको मनोविश्लेषणात्मक अध्ययन, विश्वेश्वरप्रसाद कोइरालाका आख्यानमा मधेश, मैथिली साहित्यको इतिहास र मैथिलीचित्रकलाको इतिहास र वर्तमान अवस्था विषयहरूमा शोधकार्य सम्पन्न गर्नुभएको छ । यसैगरी उहाँले नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशितआँगनपत्रिकाको सम्पादन समेत गर्नुभएको छ । चौधरी र किरातीलाई आगामीमंसिरमा काठमाडौंमा कार्यक्रम गरी पुरस्कार तथा सम्मानप्रदान गरिनेछ ।

उक्त संस्थाबाट हालसम्म ईश्वर मानन्धर, अम्बर गुरुङ, जीबीलुगुन, भक्तराजआचार्य, प्रा. डा. गोविन्दराज भट्टराई, बूद राना, टेकवीर मुखिया, प्रद्युम्नश्रेष्ठ (सिक्किम), भागीरथीश्रेष्ठ, बेणु आचार्य, दावाग्याल्मो (दार्जिलिङ), गोपाल पराजुली, डा कृष्णहरि बराल, दिपश्रेष्ठ, गणेश रसिक र राजेश्वर थापा सम्मानितभइसक्नुभएको छ ।

यसैगरी ‘प्रतिभा पुरस्कार’बाट यसअघि नवीनविभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी, टीका चाम्लिङ, फुलमानवल, बलरामअधिकारी, शुभमुकारुङ, बिमलातुम्खेवा, गणेश गुरुङ, सुदिपपाखीन र प्रदिप मेन्याङ्बो, सन्ध्या सुब्बा (सिङजाङगो) पुरस्कृत भइसकेका प्रतिष्ठानका अध्यक्ष टंक वनेम र महासचिव चोक गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।