Uncategorized

यी
नी र
निर्मोही
नि र न्त र
निर्गत हुन्छन्
निरवधि बग्छन्
निर्बाध छ प्रवाह
निरूढ नाता आजन्म
निभृतमा निरूप लुक्छन्
निरूपण गर्छन् सुखदुःख
निद्राहीन पार्छन् कहिले
निरासक्त बनाउँछन्
निर्झर हुन् यी आँसु
निरवसाद हुन्
नियँर बनी
निथार्छन् यी
नि या रा
नी र
यी ।
मिलन बोहोरा
असम भारत