समाचार
सपना
आकाश छुने होइन,
भुइँ छुने थियो
तर आफैँले टेकेको भुइँ छुन
किन मन अमिलो छ आज ?
यता देश रुन्छ,
उता देशजन रुन्छन्
कसले बनायो देश यस्तो
खेलौना जस्तो ?
भोक र शोकको जहरले
छोपिएका छन् गाउँ र शहर
अशान्त गल्ली–चोक,
किन बारम्बार लगाउँछन्
नारा र जुलुस ?
खै !
कति पटक सपनाको चिता पोल्ने ?
कति पटक आशाको दियो बाल्ने ?
हाम्रै पसिनाले सिन्चिएको माटो
किन बेर्छ पराइको फेटो ?
“मै हुँ“ भन्नेहरूको अनुहार हेरियो,
को कसरी भए अवतरण–विचलन
विश्वास गरूँ कसको यहाँ ?
रातको अँध्यारोमा देखिन्छ
गरिबी करेटको आवरण ।
निरुपम श्रेष्ठ, सिन्धुली