लघुकथा

काठमाडौँ ।
गायिका एलिना चौहान र गायक प्रताप दासको स्वरमा तिहार गीत सार्वजनिक भएको छ । सार्वजनिक ’आयो तिहार–दाजु बहिनी’ शीर्षकको गीतको भिडिओमा एलिना र प्रताप स्वयंका साथमा विनोद अधिकारीले अभिनय गरेका छन् । लेखु सहयात्रीको शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजनको काम विषम आचार्यले गरेका हुन् ।
फ्लाइ नेपाले यो गीतलाई प्रस्तुत गरेको हो। प्रस्तुति रहेको गीतको भिडिओमा रामेश्वर कार्कीको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ । गीत एलिना चौहानको अफिसियल युट्युबमा सार्वजनिक छ । एलिना र प्रताप अहिले अमेरिकाको सांगीतिक टूरमा छन् ।