• २०८१ माघ २७ आइतबार

चारघरेको ‘दर्जनौँ सपनाहरू’ प्रकाशित

चारघरे ठिटोको कवितासङ्ग्रह ‘दर्जनौँ सपनाहरू’ प्रकाशन भएको छ । स्याङ्जाको अर्जुनचौपारी घर भएका चारघरे ठिटो नेपाल प्रहरीमा कार्यरत हुनुहुन्छ ।

स्कुले जीवनदेखि साहित्यमा कलम चलाउनु भएका उहाँका २०६२ सालमा ‘त्रिवेणी’ कथा, कवितासङ्ग्रह, २०६७ सालमा ‘अभागीका गीतहरू’ गीतसङ्ग्रह, २०७२ सालमा ‘नेपाली टाइम’ निबन्धसङ्ग्रह, २०७६ सालमा ‘अनुत्तरित प्रश्नहरू’ कवितासङ्ग्रह र २०७१ सालमा ‘जलेको प्रेम’ उपन्यास प्रकाशित छन् ।

अमेरिका निवासी दिपेन थापा प्रकाशक रहेको पुस्तकमा ३६ वटा कविता छन् । सङ्ग्रहमा मनोभाव खण्डमा २७ वटा र गीतिभाव खण्डमा ११ वटा कविता राखिएको छ । पुस्तकको वितरकमा सम्पूर्ण किताब नारायणगढ रहेको छ । मूल्य २ सय ५० रहेको छ ।