• २०८१ असार ११ सोमबार

कविताको देशः अनुभूति र मूल्याङ्कन

शेषमणि आचार्य

शेषमणि आचार्य

पृष्ठभूमिः

पुण्यप्रसाद शर्मा सिक्किमका एक लब्धप्रतिष्ठित कवि, लेखक, अनुवादक, साहित्यकार, प्रकाशक, भाषासेवक एवं समग्रमा भन्नुपर्दा बहुआयामिक व्यक्तित्वका धनी हुन् । सन.१९८४ (देखि सिक्किममा राजनीति र पत्रकारितामा पाइला टेकेर ‘झिल्काहरू’साप्ताहिक समाचारपत्रको सम्पादन कार्यको शुरूआत गरेका थिए । यसपछि सन् १९८५ देखि ‘जनपक्ष’ साप्ताहिक समाचारपत्रको निरन्तरतासंगै करिब तीन दर्जनजति विशेषाङ्कहरू पनि सम्पादन गरिसकेका छन् । भारतीय पत्रकारिता क्षेत्रमा उनको योगदानलाई कदर गर्दै ‘भारतीय लघु एवं मझौले समाचार पत्रकार संघ’ नयाँ दिल्लीबाट उनलाई भारतीय भाषाहरूमा तेस्रो र नेपाली भाषामा प्रथम पटक पहिलो पुरस्कारले सम्मानित गरिसकेपछि स्थानीय, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संस्थाहरूले पनि सम्मानित गरिसकेका तथ्यहरू प्रकाशमा आएका छन् । विशेष गरेर उनी आफ्नो जनपक्ष प्रकाशन बाहेक अन्य कतिपय प्रकाशन संस्थाहरूसित पनि आबद्ध रहेर काम गरिरहेका उदाहरण धेरै छन् । लेखन, सम्पादन लगायत राजनीतिक गतिविधिसित सक्रीय रहेर पनि उनको जनपक्ष प्रकाशनले साहित्यिक कृतिहरू लगायत स्कूल- कलेजमा आवश्यक पर्ने विभिन्न भाषा(साहित्यका पाठ्यपुस्तक करिब साडे चार हजारजति कृतिहरूको सम्पादन र प्रकाशन गरेको कुरा थाहा पाइन्छ ।

परिचयः

उनको मूल कार्यथलो सिक्किम भए तापनि भारतीय भूमिमा उनले आफ्नो पहिचान बलियो बनाएका छन् । नेपाली भाषा- साहित्यको सेवा भनेपछि हुरुक्क र फुरुक्क हुने पुण्यप्रसाद शर्मा नेपाली साहित्य जगतका एक अनन्य साहित्यिक मित्र हुन् । उनका पुर्खा कुन पुस्तामा, कुन शताब्दीतिर कसरी सिक्किम प्रवेश गरेका थिए त्यो मूल मुद्धा होइन तर भारतीय भएर नेपाली साहित्यको सेवा कति गरे र गरिरहेका छन् महत्त्वपूर्ण विषय त्यो हो । पवित्र नदी टिस्टा- रङ्गित र ब्रह्मपुत्रलाई शिरोपर राखेर साहित्यिक एवं सामाजिक कार्यमा लागि परेका पुण्य शर्माका सम्बन्धमा शोधार्थीहरूले आफ्नो काम थालेका छन् । यहाँ म त परिचय साट्नमात्र उपस्थित भएको छु ।

श्रीराज प्रकाशन, नेपाली साहित्य सञ्चयिका, निर्माण प्रकाशन, गान्तोक प्रकाशन, आँकुरा प्रकाशन लगायत अन्य केही साहित्यिक संस्था तथा प्रकाशनहरूसित आबद्ध रहेर पनि आफ्नो जनपक्ष प्रकाशनलाई अग्रता दिनु उनको वैशिष्ट्य हो । जनपक्ष प्रकाशनले प्रकाशित गरेका कृतिहरूमा सर्वश्री इन्द्रबहादुर राई, शिवराज शर्मा, शिवकुमार राई, डिल्लीराम तिमसिना, तारानाथ शर्मा, राजनारायण प्रधान, नरबहादुर दाहाल, रामलाल अधिकारी, भीम दाहाल, सानु लामा, पवन चामलिङ, किरणु, इन्द्र सुन्दास, घनश्याम नेपाल, विन्द्या सुब्बा, वीणाश्री खरेल लगायत हजारौं साहित्यिक कृतिहरूको प्रकाशन भएका छन् । यस छोटो अभिव्यक्तिमा सबै जनाउन सकिएन, ज्ञातव्य रहोस् जनपक्ष प्रकाशनबाट प्रकाशित भएका तथा पुण्यप्रसाद शर्माद्वारा लेखिएका र सम्पादन गरिएका कृतिहरू नेपाली भाषाहरू पढाइने मुलुकहरूमा पाठ्यपुस्तकका रूपमा चयनित भएर विद्यार्थीहरूले लाभ उठाइरहेका छन् ।

सुनेको छु ! पुण्यप्रसाद शर्माले विश्वकविहरूका प्रतिनिधि कविताहरूलाई पनि नेपालीमा अनुवाद गरेका केही कविताहरूको सङ्कलन पनि प्रकाशित भएको छ, अभाग्यवश हेर्ने सुअवसर पाएको थिइँन तर यसभन्दा अगावै रम्बास कवि एवं कथाकार श्रीमती गीताश्री शर्माका करकमलबाट पठाइएका उनका कृतिसितै पुण्यप्रसाद शर्माको कविताकृति ‘कविताको देश’ मेरा नजरले हेर्ने सौभाग्य पाएँ । ज्ञातव्य रहोस् गीताश्री शर्मा पुण्यप्रसाद शर्माकी धर्मपत्नीमात्र नभएर कुशल कथाकार, रम्बास कवि लगायत प्रकाशिका पनि हुन् ।

पुस्तक सम्बन्धी संक्षिप्त जानकारीः

‘कविताको देश’ कवितासङ्ग्रहभित्र हेर्दा सुरुमा लामा लामा कविताहरू अलि दुरुह भाव भए जस्तो लाग्यो तर पनि मन मानेन दोहोर्याई तेहेर्याई कविताहरू पढ्ने धैर्यवरण गरेँ, लाग्यो एउटा पर्दा उघारियो, यी कविताहरू सिक्किम भूमिका कसी लगाइएका खरा सुवर्ण रत्न हुन् । अनि विस्तारै मलाई यिनका कविता पढिरहूँ पढिरहूँ जस्तो लाग्यो । साँच्चै कुरा गर्ने हो भनें मलाई नेपालभूमिका कविहरूमा गोपालप्रसाद रिमाल, श्यामप्रसाद शर्मा, पारिजात, भूपि शेरचन, गोकुल जोशी, देवीप्रसाद किसान, युद्धप्रसाद मिश्र सारै मन पर्ने कविहरू हुन् । लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण, बालकृष्ण सम, लेखनाथहरू शिरमा राखेर सम्झन चाहन्छु ।

नेपाली कविता साहित्यमा आधुनिक कालको थालनी सामान्यतया लेखनाथ पौड्यालहरूबाट नै मानिन्छ । राणा शासनको अन्धकार युगमा लक्ष्मीप्रसाद देवकोटा, मोतीराम भट्ट, विश्वेश्वरप्रसाद कोइरालाहरूले भारतीय भूमिकै शरण लिन पुगे । सुविख्यात इतिहासकार सूर्यविक्रम ज्ञवाली, कवि धरणीधर कोइराला र पारसमणि प्रधानले नेपाली साहित्यमा पुर्याएको योगदान अद्वितीय र अतुलनीय छ, ‘सुधपा’को नाम नलिए नेपाली साहित्य नै अधुरो र अपूरो रहन्छ ।

सिक्किमेली भाषा- साहित्य

राजालाई अन्योल र अन्धकारमा राखेर काजी- ठिकादार र केही भाइ भतिजावादको असहनीय कृयाकलापकै कारण अहिले सिक्किम देश भारतीय भूमिको बाइसौं राज्यका रूपमा समाहित भैसकेको छ । तैपनि सिक्किममा अपतनू साहित्यबाट सुरु भएको नेपाली साहित्य सानु लामा, भीम दाहाल, पवन चामलिङ, जीवन थिङ, पूर्ण राई, राधाकृष्ण शर्मा, गंगा कप्तान, नरबहादुर भण्डारी, तुलसीराम कश्यप, रूद्र पौड्याल, भीम ठटाल, प्रवीण राई जुमेली, केदार गुरुङ, थिरूप्रसाद नेपाल, वीणाश्री खरेल, चुनिलाल घिमिरे, सुधा एम राई, टी बी चन्द्र सुब्बा, श्रीमती पुष्प शर्मा, श्रीमती गीताश्री शर्मा, अमर बानिया लोहोरो, सुवास दीपक, वीरू बाङ्देल, शङ्करदेव ढकाल, दीपा राई, रूपा तामाङ, ध्रुव लोहागण, त्रिपुरा खरेल, लुइस विष्ट लगायत थुप्रै लेखक, साहित्यकार एवं कविहरूले नेपाली साहित्य भण्डारको समृद्धिमा योगदान पुर्याएका कुरा पढेका छौं ।

बौद्धिक साहित्यकार, सम्पादक, प्रकाशक र राजनीतिक व्यक्तित्वका धनी बहुआयामिक देखिन्छन् पुण्यप्रसाद शर्मा । अस्सी प्रतिशत नेपालीहरू बसोवास गरेको सिक्किममा सयप्रतिशत नेपालीभाषीहरू छन् । पढाइलेखाइ देखि आफ्नो बोलचालको भाषानै चलन चलतिमा छ, नेपाली भाषा । नेपाली भाषाले भारतीय संविधानको आठौं अनुसूचिमा मान्यता पाएपछि भारतको बाइसौं राज्य सिक्किमले नेपाली भाषालाई राज्यको प्रमुख भाषाको मान्यता पनि दिइसकेको छ । यसकारण सानो तर सुन्दर यो भूमिमा नेपाली साहित्यले प्रत्येक जनमनमा गहिरो छाप पारेको अनुभूति गर्न सकिन्छ । नेपाली भाषा र साहित्यका सम्बन्धमा जान्न चाहँदा साहित्यकार गीताश्री शर्मा यसो भन्छिन् ।

‘सिक्किम बहुजातीय र बहुभाषिक जनसङ्ख्या भएको राज्य हो, मूलतः नेपाली भाषा रहे तापनि यहाँका विभिन्न जातगोष्टीले आ-आफ्ना मातृभाषामा पनि अध्ययन गर्न पाइरहेका छन, यस मध्ये राज्य सरकारबाट मान्यताप्राप्त पन्ध्र भाषाका पाठ्यपुस्तकहरू स्कूल कलेजमा नियमित पढाइ भइरहेका छन् । यी भाषाहरूमा ( नेपाली र भोटिया, लेप्चा, लिम्बू, हिन्दी, संस्कृत, अङ्ग्रेजी, तामाङ, राई, गुरुङ, नेवार, मगर, भुजेल, शेर्पा र सुनुवार आदि प्रमुख छन् । अनि यी सबै भाषाका पाठ्यपुस्तक लगायत साहित्यिक कृति पनि जनपक्ष प्रकाशनले प्रकाशित गर्ने काम गर्दै आइरहेको छ । यसरी बहुजातीय र बहुभाषी जनता बसोवास गरेको सिक्किममा कहिल्यै पनि आपसिक मतभेद रहेको इतिहास छैन । यसैकारण सिक्किम आउन सबै मनपराउँछन् । सिक्किम सानो तर सुन्दर इन्द्रकील मानिन्छ ।

सिक्किममा नेपाली भाषाः
जोशमनि सन्त परम्पराका साधु ज्ञान दिलदासले वि.सं. १९३४मा (‘उदयलहरी’ प्रकाशन र सन् १९४४मा चन्द्रदास सापकोटाले ‘ज्ञान विनोद’ प्रकाशन गरी नेपाली भाषाको जग बसालेका सन्दर्भमा अहिले अनेक कविहरूले विचरण र मूल्याङ्कन गरिरहेछन् । सिक्किममा नेपाली साहित्यको प्रारम्भ भक्तिधाराको साथमा भएको देखिन्छ । भनिन्छ यसको घडेरी खन्ने काम सन् १९४४ मा स्थापित ‘अपतन साहित्य परिषद्’को स्थापनाबाट गति लिएको हो ।

मलाई थाहा भएनुसार अहिले आएर केही स्थापित सिक्किमेली नेपाली साहित्यकारका प्रतिनिधि पात्रहरूका केही उपलब्ध नामहरू यहाँ जनाउन चाहन्छु, जो सक्रीय छन्, अज्ञानतावस छुट्न गएका खण्डमा अग्रिम क्षमा प्रार्थी छु अनि आगामी लेखहरूमा सच्याउने प्रयास रहनेछ ।
सानु लामा, पेम्पा तामाङ, केदार गुरुङ, रूद्र पौड्याल, के एन शर्मा, राज के श्रेष्ठ, भीम ठटाल, शान्ति छेत्री, पवन चामलिङ ‘किरण’, थिरूप्रसाद नेपाल, सुवास दीपक, कविता लामा, पुष्प शर्मा, गीताश्री शर्मा, सुधा एम राई, त्रिपुरा खरेल, लुइस विष्ट ‘कवि, गीतकार’ हरि ढुङ्गेल, अर्जुन पीयूष, वीरू बाङ्देल, प्रकाश भट्टराई, उद्धवगोपाल श्रेष्ठ, रूपा तामाङ, इन्द्र राई, दीपा राई, भक्ति बस्नेत, मनिका शर्मा, अमर बनियाँ लोहोरो, प्रविण राई जुमेली, पूर्ण योञ्जन, गोपाल ढकाल, परशु ढकाल, टी बी चन्द्र सुब्बा, रूपा तामाङ, राधा पाण्डे ‘गजलकार’ सीता शर्मा, प्रेम नेउपाने, प्रवीण खालिङ, युवा बराल, वीरभद्र कार्कीढोली, भक्ति शर्मा, डी पी अधिकारी, टीका ढुङ्गेलछुटिएका बाहेक यो लामो पङ्क्तिमा पुण्यप्रसाद शर्माको नाम थपिएको छ । उहाँको कविताकृति ‘कविताको देश’बाट । म अहिले यी पङ्क्तिमा केवल पुण्यप्रसाद शर्माको कविताकृति ‘कविताको देश’मा केन्द्रित रहनेछु ।

सामान्य परिचयः

नेपाली साहित्य जगतमा स्थापित भएर प्रसिद्धि कमाइसकेको सिक्किमको प्रकाशन गृह जनपक्ष प्रकाशन, ७, सुपरमार्केट, गान्तोक, प्रकाशक रहेको यो कविताकृति हो। यसमा १३४ पृष्ठभित्र एक खालि पृष्ठ रहेको छ । यसको अक्षर संयोजन रआवरण परिकल्पना भीम शेर्पाको रहेको छ । आवरण पृष्ठको चौथो पेजमा नेपाली साहित्य जगतका सुविख्यात साहित्यकार भीम दाहाल र राजनारायण प्रधानको विचारलाई समावेश गरिएको छ । पुस्तकमा सिक्किमका पूर्व माननीय राज्यपाल केदारनाथ साहनीको हिन्दीमा लेखिएको शुभकामना र सिक्किमको राजनीतिमा मात्र होइन भारतीय राजनीतिमा नै सबैभन्दा लामो मुख्यमन्त्री रहेका अनि भाषा-साहित्यको इतिहासमा चर्चित व्यक्तित्व पवन चामलिङ, श्रीमती टीकामाया चामलिङ लगायत भवानी घिमिरे, राजनारायण प्रधान, रामलाल अधिकारी, भीम दाहाल, तुलसी भट्टराई, मोमिला, नकुल सिलवाल, गोविन्द गिरी प्रेरणा, जीवन लावर, विजयकुमार राई, प्रवीण खालिङ, सुनचरी दैनिक समाचारपत्रका सम्पादक ‘ सम्भवतः डा. कुमार प्रधान, देवराज शर्मा, अर्जुन पीयूष लगायत नेपाल, दार्जीलिङ, सिक्किमका ख्यातिप्राप्त व्यक्तित्वहरूले शुभकामना, आलेख मार्फत कविका बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पारेका छन् । यसको भूमिका हो या पुण्यप्रसाद शर्मा माथि गरिएको शोधकार्य हो डिकी लामाले लेख्नुभएको छ । यी सबै अभिलेखमा कविको वास्तविक व्यक्ति र व्यक्तित्वको मूल्याङ्कन भएको छ ।

कविताहरूको स्थान

कविताको देश कृतिमा जम्मा त्रिपन्नवटा शीर्षकमा लामा छोटा कविताहरू रहेका छन्, तर एउटा कवितामा भने शीर्षक फरक रहे तापनि मुद्रणदोषमा परेर उनै पंक्ति दोहोरिएको छ, यसकारण ५२ वटा कविता भन्न सकिन्छ । अन्त्यमा कविको परिचय रहेको छ । यसका लेखक खुलाइएको नहुँदा यो प्रकाशन गृहकै प्रस्तुति हुनुपर्छ ।
यसमा सात र दश लाइनका सबभन्दा छोटा कविता ९ पैसा र कविता, तठस्थता’ छन् भने सबभन्दा लामो कविता ‘पहिलो कविता ‘कृत्रिम महाप्राण र अकृत्रिम चेतना’ पङ्क्ति (१०१ तथा मेघालय र हिमालय (पेज ( ४७/५० र पङ्क्ति ९९ रहेका छन् ।
अन्य आकृतिपरक कविताका आयाम यस प्रकार छन्ः

क्रसं कविता पृष्ठ पङ्क्ति
१. कृत्रिम महाप्राणर अकृत्रिम चेतना ३९/ १०१
२. पुस्तक जवानी र म ( ४४/२०)
३. कारण थाहा भएन (४५/ ९९
५. पैसा र कवितारतठस्थता ( ५१०/७ं१०)
६. मेरी बहिनी ( ५२ /३६)
७. उठ्न नचाहने अरिमठे ( ५५/ ३४)
८. सक्कली(नक्कली ( ५६/२२)
९. कन्डिसन्ड ( ५७/५५)
१०. अनुप्रवेश ( ६०/ ४४)
११. अर्थ (६२ /६५)
१२. नयाँ देवलोक ( ६५/१९)
१३. वार्टरप्रथा स् वार्टर चिह्न ( ६६/ ५६)
१४. रमिता (६९/१५)
१५. मूनस्ट्रक ( ७०/२९)
१६. लालपातीको फेदमा बारुद गह्नाउँछ ( ७२/ ४१)
१७. बोली र धरती ( ७४/३०)
१८. गोरु, प्रेस रिलिज र गाउँले अनि सिफिलिस ( ७६/१५)

१९. विचरा भएर हेर्दा (७७/३९)
२०. र उठाऊ मृत्यु र विद्रोहको लागि वरण गर (७९ र २२ रदोहोरिएको)

२१. अमृत(अमृत बोलेर ( ८०/१९)
२२. विसर्जन सपनाको ( ८१/२४)
२३. मास्कर अनि मास्टर ( ८२/२६)
२४. रुनु र संकल्प ( ८३/२६)
२५. रुद्रकण्ठ ( ८४/२७)
२६. नौटङ्कीहरूलाई कामदेवको ललकार (८६/३०)
२७. भागस मबाट टाढा ( ८८/५४)
२८. तीन( टु्क्रा कविता ( ९१/२१)
२९. फ्याउरो कराएको घुर्मैलो साँझ ( ९२/४९)
३०. युगले लात मारेको अनुहार ( ९४/३०)
३१. पेट्रिस लुमुम्बोको पत्र युवाहरूको नामम( ९६/३६)
३२. फ्रीडम ( ९८/२५)
३३. आदमको आकर्षण(इभको विकर्षण ( ९९/२३)
३४. त्यहीँनेर कतै हुनुपर्छ ( १००/२३)
३५. मानव समाजको नयाँ बस्ती बसाइदेऊ (१०१/२२) दोहोरिएको कविता)
३६. यसपालीको नयाँ वर्ष (१०२/२८)
३७. गर्भवती ( १०४/२२)
३८. कहाँ छ हाम्रो जून (१०५/५९)
३९. मेरो देवता र वक्ररेखा ( १०८/१४)
४०. म कहाँ आएँ ? ( १०९/२५)
४१. आजकल मलाई के भएको छ ( ११०/१६)
४२. सिन्दूरको अर्थ खोज्न अमेरिका (१११/२७)
४३. अरुको आत्मसम्मानमाथि (११३/२९)
४४. सुखको खोज (११५/१९)
४५. म युद्धमा हिँडेँ आमा (११६/४३)
४६. धरातल, स्थिति रआँगन ( ११८/५४)
४७. एउटा निर्वासित मान्छेको ( १२१/५०)
४८. मेरो दिन मेरो रात ( १२४/१४)
४९. सेतु ( म र तिमीबीचको ( १२५/१६)
५०. केही भए पाऊँ ( १२६/२४)
५१. समय र मोह ( १२७/२०)
५२.नीति ( १२८/१५)
५३. नयाँ बिहानीको निर्लज्ज आगमन चाह (१२९/२३)
५४. पुण्यप्रसाद शर्माः परिचय
पृष्ठ ७९को ‘उठाऊ मृत्यु” विद्रोहको लागि वरण गर((क्रम सङ्ख्या (२०पेज ७९ र ‘मानव समाजको नयाँ बस्ती बसाइदेऊ’क्रमसङ्ख्या ३५(पेज १०१(को कविता शीर्षक फरक भए पनि शब्द समान छन्, यसकारण यी कविता दुइटा होइनन् एउटै हुन्। (मुद्रण राक्षस) ।

समग्र कवितामा एक फन्को:

कवितासङ्ग्रहको नाम ‘कविताको देश’नै हो । यो गद्य कविता सङ्ग्रह हो । सामान्यतया कुुनै एक शीर्ष कविताको शीर्षकलाई टिपेर सङ्ग्रहको नाम राख्ने चलन पाइन्छ । तर यसमा छुट्टै अर्को त्यस्तो शीर्षक कविता भएको पाइन्न । यसकारण यसभित्र रहेका सबै ५३ ओटै कविताको गृह नै ‘कविताको देश’हो । यसभित्रका कवितालाई हेर्दा कविले यसैलाई कविताको देश भनेका हुन् । एउटा देश हुन के के आवश्यक पर्ला ? भन्ने प्रश्न गरेका खण्डमा भनिन्छ (माटो, हावा/पानी, मानिस, विभिन्न भाषा/साहित्य, सीमाना, संस्कृति, सभ्यता, स्कूल, विद्यार्थी, शिक्षक, परम्परा, बन (जङ्गल,यस्तै यस्तै) वास्तवमा देश एउटा विविधता भित्रको एकता हो । अहिलेको हाम्रो समाजको देशमा यस्तै विषय रहेका छन् । यसमा एउटा कुरा पनि छ स् त्यहीँ सम्पन्नता छ, विपन्नता पनि छ, आराम, मोजमस्ती छ, भोक/रोग,शोक, तनाव, अभाव पनि छ । त्यहाँ पुरुष छन, नारी छन, वृद्ध, बाल वनिता छन् । युद्ध छ, शान्तिको चाहना छ, परम्परा छ, त्यसको बन्धन पनि छ, त्यसबाट मुक्तिको चाहना छ, त्यसलाई झन् कस्ने प्रयत्न पनि छ । प्रकृति छ, उसको सौन्दर्य छ तर उसमाथि मानवजन्य उत्पात पनि छ । वास्तवमा देशु विपरीतहरूको एकत्व नै हो । कोही हाँसिरहन्छन्, कोही रोइरहन्छन् । क्रान्तिको आँधी–बेहरी छ, प्रतिक्रान्तिको सुनामी छ, यो चक्र छ, यसकै तलमाथि छ, भित्र छ, बाहिर छ, नजिक छ अनि टाढा पनि छ । यो यथार्थलाई बुझाउने कविको अभिव्यक्तिको रूपमा ‘कविताको देश” निर्मित छ ।

यहाँ लेखिएका कविता कति हदसम्म आयामेली चिन्तनबाट प्रभावित पनि देखिन्छन् । कविताहरू लामा साना एवं मझौला आकारका छन् । पहिलो र चौथो कविता १०१ र ९९ पङ्क्तिमा कुँदिएका छन् भने, पाँचौँ कविता दुई शीर्षकमा सात र दश पङ्क्तिका छन् । सङ्ग्रहभित्र कविताहरू एकमुष्ट रूपमा एकहजार छ सय छयालीस पङ्क्तिमा फैलिएका छन् । जसमा २२ र २२ अक्षरमा दुई फरक फरक शीर्षक तर शब्द उनै भएका कविताको एउटाबाट २२ लाइन कटाउँदा एकहजार छसय चौंतीस पङ्क्ति हुन आउँछन् । यिनको सरदर पङ्क्ति ३१ हुन आउँछ ।

नयाँ शैलीको प्रस्तुतिः

मूलतः यो कृति गद्य कविता हो, यसमा प्रचलित गद्यशैलीमा नयाँ प्रयोग गर्न खोजिएको छ । पङ्क्ति रखाइमा नयाँ पन केही कवितामा पाइन्छ, अनेक पङ्क्तिलाई एउटै क्रियापदबाट यसरी जोड्न खोज्नु वा जोड्नु आम नेपाली गद्य कविताका पाठकहरूमा धेरैलाई नौलो लाग्दछ जस्तो
घोप्टिन र फेरि उठ्न ।
पोखिन र फेरि बटुलिन । चाहने
डुब्न र फेरि उक्सिन ।
एउट । भन्नुपर्छ मान्छे ।
मेघालय र हिमालय पेज (४७)
वधि !
यो तिम्रो होइन
यो मेरो होइन
यो बलियोको ।
यो लुतेको ।
यो हुनेको ।
यो नहुनेको । होइन
(उही, पेज ४८)
यसरी कविता पङ्क्तिको समायोजनमा केही नयाँ पन पाइन्छ ।

बृहद् चेतनाको साङ्केतिक विश्वकोशः
कवि पुण्यप्रसाद शर्मा इन्द्रबहादुर राई, ईश्वरबल्लभ, शिवराज शर्मा, रामलाल अधिकारी, राजनारायण प्रधान, गुमानसिंह चामलिङ, पवन चामलिङ, भीम दाहालसितको सान्निध्यले एक बृहद् आयामिक ज्ञान भण्डारले सम्पन्न कवि देखिन्छन् । हुनत नेपाल तथा भारततिरका लेखक र कवि सबैसित नै यिनको सद्भावना, आदर र सम्मान देखिन्छ, यसैले होला यिनका कविता समाज, चिन्तन, होचो/अर्घेलो, दुःख/पीडा, सुख, विडम्बना, घायल लगायत जनसागरको टिस्टाका पाषाणखण्ड जस्ता देखिन्छन् यहाँ । उनको ज्ञान भण्डार अक्षय र बृहद् छ भन्ने अनुमान सहजै लगाउन सकिन्छ । यिनमा नारीप्रति संवेदनशीलता अनेक छ, बलियोले निर्बलियोलाई हेप्दाको पीडाको अनुभूति छ, यिनले गरीबी देखेका छन् यसैले समानताको कुरा गर्छन्, समाजवाद कुरामा होइन काम गराइमा हुनुपर्छ भन्ने सिद्धान्त कवितामा पाइन्छ । मजदुर यिनका साथी हुन् , परिश्रम यिनको तपस्या । यी मजबुरी का नाम गान्धी भनेर टिस्टाको किनारमा बसेर रोइरहने व्यक्ति देखिन्नन् । यिनमा पूर्वीय चिन्तनको जति गहिरो ज्ञान छ त्यति पाश्चात्य चिन्तनधारासँगको सान ।