• २०८२ आश्विन २८, मंगलवार

बडादसैँको अवसरमा ‘दसैँ कविता उत्सव’ सम्पन्न

काठमाडौं ।

बडादसैँको अवसर पारेर ‘दसैँ कविता उत्सव’मा विभिन्न कविले कविता वाचन गरे ।

विश्व नेपाली साहित्य महासंघ, नेपाल शाखा र ज्योति साहित्य प्रतिष्ठानले आयोजना गरेको उक्त कविता उत्सवमा शैलेन्द्र साकार, मणिराज सिंह, योगाज राजन, केदारप्रसाद मैनाली, रश्मि रिमाल, सुनिता अधिकारी, जाँयस जयालगायत कविले कविता वाचन गरेका थिए ।