समाचार

पवित्र हुन्छ आमाले चलाएको घर स्वर्ग
सुन्दर बन्छ आमाले चलाएको देश स्वर्ग
दुख्यो छाती आमाको छोराछोरीको रगतले
यही रगतमा पीडा बुझेको छ जगतले
निश्छल हुन्छ आमाले चलाएको घर पूर्ण
सुन्दर बन्छ आमाले चलाएको देश स्वर्ग
पाउमा आमाको शिर छोराको झुकेको छ
यही झुकाइमा नेपालीको सपना लुकेको छ
निर्मल हुन्छ आमाले चलाएको घर स्वर्ण
सुन्दर बन्छ आमाले चलाएको देश स्वर्ग ।
डम्बर बिकेल