समाचार

वर्षमा एक दिनमात्र ऊ त्यो डायरी खोल्छे र धेरै पटक पढिसकेको त्यही हरफहरु पढ्न फेरि पनि थाल्छे- ‘मनमा छटपटी छ । मन आत्तिएको छ ।तिम्रो झ–झल्कोले दुबै आँखा ढाकिदिन्छ । रमाइलो कत्ती पनि लाग्दैन । सबैतिर निराशामात्र देख्छु । उदास उदास र हतास हतास हुन्छु । यो संसार मेरो लागि किन निष्ठुरी भएको छ ? आफैसँग प्रश्न गर्छु । यही प्रश्न बारबार मनमा उब्जिरहन्छ । यसैले गिज्याइरहन्छ र चिमोटिरहन्छ भित्रभित्रै । तिमीले प्रणय दिवसको दिनदिएको गुलाफको पत्रपनि डायरीको पानाहरूमा रङ उडेर अब त कालोकालो हुँदैगएको छ । गुलाफको त्यो सौन्दर्यता हराएकोमा मन खिन्नभएको छ । तिनलाई देखेपछि आँखा रसाउन थाल्छ । प्रिय, तिमी नै भन पीडाले भतभती पोलिरहेको यो छाती कसलाई देखाउनु मैले १ पर्खाइका उराठ लाग्दा दिनहरू बिताएर कतिसम्म बाँच्न सकिन्छ ?’ प्रणय दिवसकै दिन उसले प्रेमीलाई लेखेको चिठी पढदापढ्दै उसका दुबै गहआँसुले भरिँदै आउँछ ।
एउटा बगैँचामा ढकमक्क फुलेका गुलाफहरू हेरेर ऊ टोलाइरहेकी हुन्छे । पछाडीबाट कसैले बिस्तारै उसका दुबै आँखा छोपिदिन्छ । चिपरिचित त्यो हातको स्पर्शमा खुसी हुँदै ऊ फरक्क पछाडी फर्किन्छे ।
‘कतिबेर भयो मलाई पर्खिरहेको ?’ यो आवाजसँगै ऊ ब्युँझन्छे सपनाबाट ।
दिव्य गिरी