• २०८२ आश्विन २२, बुधबार

चेतना

सर्वज्ञ वाग्ले

सर्वज्ञ वाग्ले

संवेदनशील चेतना
सामाजिक न्यायको लागि मात्र होइन,
आत्मशान्तिका लागि पनि अपरिहार्य छ, हुन्छ र रहिरहन्छ !
यो त देश समाज र संस्कृतिको विरासत हो

आफ्नै सीमित इच्छाहरू
आत्मानुभूतिबाट नियन्त्रण गर्न सक्ने मान्छे,सिद्ध हुन्छ
उसको मन भित्र जन्मिन्छ शास्वत शान्ति, समृद्दि र संसार उजिल्याउने आलोक
र उसले जीवनमा सिद्धि प्राप्त गर्छ
उसको जीवन बन्छ
सार्वभौमिक मूल्यहरूको दर्पण मानवताको उपल्लो उचाइ
अनि ऊ भित्र जन्मन्छ वुद्धत्व

आत्माभिमुख र बहिर्भिमुख चेतनाको मिलनले
पूर्णता दिन्छ जीवनलाई र पो ऊ सबै भन्दा अलग हुन्छ !
हो त्यसैले त राम कृष्ण सिता जनक,व्यास,पांणिनी सबै सर्वचेतन ब्रम्ह बन्छ !

तर
जब मान्छे र मान्छेका अहंसेचित नेताको मन चेतनाहीन हुन्छ,
संवेदनाहीन हुन्छ,
अनि उ भित्रको मानवता हराउँछ,
देशप्रेम मर्छ,
सदाचार, विवेक, चेतना सबै सबै हराउँछन्
हो त्यस्तो नेतृत्वको हातमा
जब राखिन्छ सत्ता जब हाँक्छ उसले इतिहास जव उसलाइ
दिईन्छ सबै सबै अधिकार
तब तब दोहोरिरहन्छ महाभारत
जल्छ सिंहदरवार,
जल्छ सर्वोच्च अदालत,
जल्छ विद्यालय, कलेज, बाटो पाटी पौवा र अस्पताल अस्मिता भस्म हुन्छ र भष्म हुन्छ युगौँको सभ्यता
पुरै देश आगोमा दन्किन्छ
ईतिहॅास,संस्कार,संस्कृति,अनि पुरातात्यिक सम्पत्तिहरू जलिरहन्छन् ।

आज नेपाल मै छ वारणावत
घर छेउ मै आँगन खरानीएकोछ,
मन भॅाडिएको छ, न आत्म स्थिर, न सरकार, न सक्षम नेतृत्व, न निकास
के यो चेतना हराएको हैन र ?

यही पीडाले
देशका र विदेशएका नेपालीको मन
निरन्तर जलिरहेको छ !
रोइरहेको छ ! र पिरोलि रहेको छ ! अव के हुने हो !
चेतनाको संचार कतावाट चल्छ रु कि सकुनिहरूकै पासा पल्टिने हो अबपनि लगातार ?


सर्वज्ञ वाग्ले