• २०८१ पौष २९ सोमबार

अपरिचितसँग भेट

अलिन्सिया कुबेस्र्का

अलिन्सिया कुबेस्र्का

बिजुली चम्केसरि हामी ठोक्कियौँ
र उभि रहयौँ, अवाक्
एउटा अप्रत्याशित भेट
जुन तार्किक दृष्टीले थियो
एकदम असम्भव ।

हुनसक्छ, हामी कुनै रेस्टुराँको
बारमा अलग टेबलमा भेट्यौँ
र बाटो काट्यौँ- एकअर्काको छेउँबाट
बसेको थियौँ
लोकल ट्रेनमा- एकअर्काको छेउँमा ।

साच्चै नै,
हामीले आदानप्रदान गर्यौँ
केहि विवादास्पद विचारहरुको
र साट्यौँ  केहि निजी
गोप्य सपना र विचारहरु ।

इमान्दार कुराकानी गर्नु
सायद सहज हुन्छ
त्यस्तो मान्छेसँग
जसको कुनै अनुहार हुँदैन ।

अनुबाद- राजेन्द्र शलभ