जेठ २२ काठमाडौँ
नेपाल प्रज्ञा- प्रतिष्ठानले ‘केवरत जातिका लोकगीत’ नामक पुस्तक प्रकाशन गरेको छ । प्रतिष्ठानको मातृभाषा साहित्य अनुसन्धान विभागको परियोजना अन्तर्गत केवरत वाङ्मयका विज्ञ तथा उपप्राध्यापक चतुर्भुजलालदास केवरतले सो पुस्तक तयार पारेका हुन् ।
केवरत जातिको संक्षिप्त चिनारी, लोकगीतको सैद्धान्तिक स्वरूप, केवरतका लोकगीत र त्यसको प्रयोगका सन्दर्भहरू पुस्तकमा छन् । यसअघि उपप्राध्यापक केवरतले प्रतिष्ठानमार्फत नै २०७० मा ‘केवरत शब्दसङ्ग्रह’ बजारमा ल्याएका थिए । केवरत समुदायको बसोबास पूर्वी तराईमा छ ।