• २०८१ पौष २९ सोमबार

पाँच स्रष्टाका सातकृतिहरू एकैसाथ

काठमाडौँ/१८ फागुन, २०७८

समालोचक प्रा. डा. कुमार कोइरालाको सभापतित्व तथा साहित्यकार गोपीनाथ मैनालीको प्रमुख आतिथ्यमा ‘मुक्तिनाथ दर्शन साहित्य समाज, नेपाल’ले मङ्गलबार प्रथम वार्षिकोत्सव, स्रष्टा सम्मान र कृति लोकार्पण कार्यक्रमको आयोजना गरेको छ ।

पाँच स्रष्टाका सातकृतिहरू एकैसाथ लोकार्पण गरिएको मा प्रा. डा. ऋषिराम पोखरेलको ‘युवाप्रति’ कवितासङ्ग्रह र ‘ध्रुवचरित्र’ खण्डकाव्य तथा प्रा. डा.  अर्जुनदेव भट्टको निबन्धसङ्ग्रह ‘समययात्रा’ रहेका छन् । यसैगरी लोकार्पित अन्य कृतिहरूमा साहित्यकार हरिभक्त सिग्देलका ‘म अमर छु’ कवितासङ्ग्रह र ‘हनुमान चालिसा’, कवि कलानिधि दाहालको ‘पद्य कवितासङ्ग्रह ‘आफैँ भएँ सुन्दर’ तथा रश्मि भट्टको कवितासङ्ग्रह ‘युगका आवाजहरू’ रहेका छन् ।