‘तिमी सबैभन्दा बढी माया कसलाई गर्छौ
ए ! अबूझ मान्छे,
बुवालाई, आमालाई, भाइलाई या बहिनीलाई ?’
‘मेरो बुवा छैनन्, आमा, भाइ, बहिनी पनि छैनन् ।’
‘साथी ?’
‘अब तिमी यस्तो शब्द प्रयोग गर्दैछौ
जसको अर्थ मलाई आजसम्म थाहा छैन’
‘तिम्रो देश ?’
‘थाहा छैन त्यो कुन आक्षांशमा पर्छ’
‘सौन्दर्य’
‘हो म उसलाई अवश्य माया गर्ने थिएँ
यदि ऊ कुनै देवी र अजम्मरी भएको भए ।’
‘सुन’
‘त्यससँग मलाई त्यत्ति नै घृणा छ
जति तिमीलाई इश्वरसँग छ ।’
‘त्यसो भए तिमी कसलाई माया गर्छौ
अबुझ अपरिचित ?’
‘म बादलहरूलाई माया गर्छु..
उड्दै गरेका बादलहरूलाई,
ऊ त्यहाँ देखिने आश्चर्यजनक बादलहरूलाई ।’
अनुवाद: राजेन्द्र शलभ