• २०८३ बैशाख ११, शुक्रबार

गजल

पार्वती अधिकारी पारू

पार्वती अधिकारी पारू

विहानै दिक्क साँझ झन् दिक्दार लाग्यो
न तिज लाग्यो ! न दशैँ तिहार लाग्यो !!

उसैपनि काँडेतार जस्तो जीवन
छोडिगयौं तिमी ! समाज बार लाग्यो !

थुनिएर बाच्न न सकिन्छ हाँस्न
जहाँ टेकेपनि खुकुरी धार लाग्यो !!

के कमि थियो र भनिदेन ए ! चोट ?
दुखाई माथी बर्सिस् अझै मार लाग्यो !

जे गर्नु छ , गर ! परें ईश्वर भर
पसारो पर्न सहि तिम्रै द्वार लाग्यो !!


पार्वती अधिकारी पारू