• २०८३ भाद्र १५, सोमबार

रोशनराज र एलिनाको ’तिजको लहर’ सार्वजनिक

काठमाडौँ–

गीतकार रोशनराज भट्टराई र गायिका एलिना चौहानको नयाँ तिज गीत ‘तिजको लहर’ सार्वजनिक भएको छ । भट्टराईको शब्द रहेको गीतमा दीपकराज विश्वकर्माको संगीत रहेको छ। एलिना चौहानले आवाज भरेकी छिन् । म्युजिक भिडियोमा प्रशान्त मगरको कोरियोग्राफी र निर्देशन रहेको छ। जुना विश्वकर्मा र दीपेन्द्रसिंह कार्कीको अभिनय रहेको छ । गीतको भिडियो एनओएम क्रियसनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।