• २०८२ भाद्र २७, शुक्रबार

‘विष्णु ओलीका मुक्तक’ नामक पुस्तकको लोकार्पण

काठमाडौँ ।

साहित्यका विष्णु ओलीद्वारा लिखित मुक्तकहरुको संग्रह ‘विष्णु ओलीका मुक्तक’ नामक पुस्तकको शनिबार एक कार्यक्रम गरी लोकार्पण गरिएको छ ।
प्रा. डा.  तुल्सी भटराई, सुरेन्द्र केसी, डा. विष्णुविभा घिमिरे, प्रा. डा. गोविन्द भटराईलगायतले पुस्तकको संयुक्त रुपमा लोकार्पण गरेका हुन् । रामप्रसाद देवी ओली स्मृति प्रतिष्ठान गौचरण झापाको आयोजनामा भएको कृति लोकार्पण तथा सम्मान कार्यक्रममा पुस्तकको लोकार्पण गरिएको हो । कार्यक्रममा विष्णुविभु घिमिरे र प्रा. डा. तुल्सी भटराईलाई नगदसहित सम्मानपत्र प्रदान गरी सम्मानसमेत गरिएको थियो ।

लोकार्पित पुस्तकमा २६७ वटा मुक्तक रहेको जनाइएको छ । पुस्तक ६८ पृष्ठको छ । पुस्तकको मूल्य २५० रुपैयाँ राखिएको छ । विमोचन कार्यक्रममा प्रमुख अतिथि भटराई, पुस्तकका सम्पादक प्रा. डा. कृष्णप्रसाद दाहाल, पूर्वअर्थ सचिव शान्ताराम सुवेदी, पूर्वरक्षा सचिव रेशमराज पाण्डे, डा. इन्दुल केसीलगायतले प्रकाशित मुक्तकले देशमा भइरहेका विकृति विसंगतिको चोटिलो प्रहार भएको बताए ।