घरहरू यति अग्ला भएसके
कि देख्निन केही पनि मेरो बाल्यकाल को
हराइसकेँ मैले आफ्नो आँगन
जहाँ उज्यालोले ल्याउँथ्यो– सारसका प्वाँख
मिश्रको मुलायम शुद्धता ।
मैले हराइसकेँ आफ्नो नाम
र घरको सपना ।
अग्ला अग्ला गगनचुम्बी घरहरूले
छोपीरहेछन् हाम्रा पहाडहरू
गाडीहरूको कोलाहलले खाइरहेछ–कान
चक्काहरूको चिच्याहटले खोच्याइरहेछ–खुट्टा
मानिसहरू कुदीरहेछन् ती आवाजलाई पछ्याउँदै
खै कति, कति टाढा आफ्ना सपनाहरूभन्दा
काराकस, तिमी कहाँ छौ ?
मैले हराइसकेँ आफ्नै प्रतिछाँया
र आभाष त्यो माटोको
केही पनि त भटिन्न अब मेरो बाल्यकालको ।
म हिंडीरहन्छु–यी गल्लीहरूमा
एउटा दृस्टिहीन मानिस सरह
हरेक दिन हुँदै झन अझ बढी एक्लो ।
यसको विस्तार वास्तविक छ
कठोर, ठोस र कंक्रिट
केवल मेरै इतिहास बनिसक्यो एउटा झूट ।
अनुवाद: राजेन्द्र शलभ