• २०८० असोज १० बुधबार

आऊ फर्कौं

अदोनिस –अली अहमद सईद असबार

अदोनिस –अली अहमद सईद असबार

आऊ फर्कौं
फर्कौं ती गोरेटोहरूमा
जहाँ हामी यत्तिकै हिँंडरहन्थ्यौँ
जहाँ हामीले भेट्थ्यौँ
आफ्ना सासहरूको तलाउमा
र समय हल्लिरहन्थ्यो
भत्किएको झ्यालबाहिर ।

हामी घुमिरहन्थ्यौँ
हाम्रै विनाशको खण्डहरमा
आफ्नै निर्दोषिताको ऐनामा
निर्जीव कागजका शब्दकोशहरूमा
र, कुनै पदचिन्ह छोड्दैनथे
हाम्रा पाइलाहरूले ।

जाऊँ, फेरि एकपटक फर्कौंं
हाम्रा सुन्दरतम् दिनहरूको बगैँचामा ।

अनुवाद: राजेन्द्र शलभ


जाना पड़े वापिस

सड़कें