• २०८३ श्रावण १३, बुधबार

‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार’को विस्तारित सूची सार्वजनिक

काठमाडौं ।

कविडाँडा साहित्य समाज चितवनले ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार, २०८२’ का निम्ति १६ कृतिको विस्तारित सूची सार्वजनिक गरेको छ ।

विस्तारित सूचीको छनोटमा कृतिहरू अ–विधवा (गोविन्द गिरी ‘प्रेरणा’), अज्ञात (केशवराज ज्ञवाली), इथा (केशव दाहाल), जगज्जननी उसकी आमाको नाम होइन (नारायण ढकाल), तुलु राजा (चन्द्रप्रकाश बानियाँ), तोरकीन (क्षितिज समर्पण), दहाड (नवीन अभिलाषी), परिधि (उमा सुवेदी), पाश्र्वध्वनी (रेशम विरही), पैकेलो (ओम रिजाल), बखान (वसन्त पराजुली), महायुग (सीमा आभास), राजमाता (नीलम कार्की निहारिका), सत्यम (लक्ष्मण वियोगी), सलह (श्रवण मुकारुङ) र सूतपुत्र (शंकरप्रसाद गैरे) परेका समाजका अध्यक्ष एलबी क्षेत्रीले जानकारी दिए ।

विस्तारित सूचीबाट आउँदो महिना उत्कृष्ट ६ कृतिको संक्षिप्त सूची सार्वजनिक गरिनेछ । अन्तिम चरणमा उत्कृष्ट एक कृतिको छनोट गर्दै कविडाँडा पुरस्कार प्रदान गरिने साहित्य समाजले जनाएको छ ।