‘स्वदेशी उत्पादनलाई प्रवद्र्धन गरौंं’ आहा, कति मिठो विज्ञापन !
विज्ञापनसंगै फोन नम्बर थियो ।
घरमा स्याउ सकिएको थियो । उसले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने मन गरयो ।
उसले फोन लगायो । भन्यो- ‘दश किलो पठाइ दिनोस्, पैसा यही दिन्छु ।’
केही समयपछि स्याउ आइपुग्यो ।
उसले परिवारमा स्याउ बाँड्यो ।
बच्चाहरूले स्याउ टोके मात्र; खाएनन् ।
म्याडमले पनि स्याउ टोक्नु भयो र मुख बिगार्नु भयो । थप टिप्पणी पनि गर्नु भयो- ‘नेपाली स्याउको सिजनै नआईकन स्याउ किन्ने कस्तो हतारो हो !’
उसले पनि चाख्यो । स्याउ साँच्चै चिचिलै रहेछ ।
उसले फेरि उही नम्बरमा फोन लगायो ।
‘गुलियै नपसेका चिचिला स्याउ पुरा दाममा किनेर हामी उपभोक्ताले स्वदेशी उत्पादनलाई कहिलेसम्म प्रवद्र्धन गर्नुपर्ला सर ?’
सरले केही नबोली फोन काट्नु भयो ।
‘गुणस्तर नियन्त्रण गर्ने सवालमा न राज्य गम्भीर छ; न विक्रेताहरू कटिबद्ध छन्; न उत्पादकहरूको बजारसम्म सिधा र स्पष्ट पहुँच छ ।’ ऊ अव्यवस्थामाथि झोक्कियो; ग्लानी महसुस पनि गरयो ।
त्यसपछि उसले ‘स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने’ आँट गर्नै सकेन ।
अझै सकेको छैन ।
ईश्वर पोखरेल