• २०८२ आश्विन १, बुधबार

नारायण खतिवडाको ‘बहार’ गीतिसङ्ग्रह सार्वजनिक

काठमाडौँ ।

गीतकार नारायण खतिवडाको ‘बहार’ गीतिसङ्ग्रह सार्वजनिक गरिएको छ । संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्य थापा मगर, गीतकार संघ नेपालका अध्यक्ष वसन्त बित्यासी थापा, नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, संगीत रोयल्टी संकलन समाजका महासचिव वसन्त सापकोटा, स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन लगायतले ‘बहार’ को लोकार्पण गरेका थिए ।

साहित्यपोष्टले प्रकाशनमा ल्याएको उक्त कृतिमा सामाजिक, देशप्रेम, संयोगान्त, वियोगान्त जस्ता विविध विषय समेटिएका गीत छन् । कार्यक्रमको सञ्चालन प्राध्यापक तथा वरिष्ठ समालोचक सनदकुमार वस्तीले गरेका थिए ।