• २०८१ श्रावाण ३ बिहीबार

गीत

डम्बर बिकेल

डम्बर बिकेल

बिन्ती मेरो गीत तिमीले सुनिदेऊ
तिम्रै लागि मैले गीत गाएको छु
हे मेरी ज्यानी,
बिन्ती यो कुरा तिमीले बुझिदेऊ

वासना हुँ म फूलको तिमी गुलियो रस
भाव हौ तिमी रचनाको म सुन्दर छन्द
बिन्ती मेरो गीत तिमीले सुनिदेऊ
तिम्रै लागि मैले गीत रचेको छु
हे मेरी ज्यानी,
बिन्ती यो कुरा तिमीले बुझिदेऊ

किनार हुँ म नदीको तिमी चञ्चले छाल
रागहौ तिमी सङ्गीतको म सुर-ताल
बिन्ती मेरो गीततिमीले सुनिदेऊ
तिम्रै लागि मैले सङ्गीत भरेको छु
हे मेरी ज्यानी,
बिन्ती यो कुरा तिमीले बुझिदेऊ ।


डम्बर बिकेल