समाचार

काठमाडौँ ।
गायक तथा सङ्गीतकार सविन श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ। मिलनपछिको विछोड त्यसपछिको एक्लोपन र प्रेमका नयाँ आयामका विषय गीतमा समावेश गरिएको छ । आफूले माया गरेकी प्रेमिकालाई पाउन प्रेमीले गरेको संघर्ष र पाएको ठक्करको विषय गीत तथा भिडियोबाट देखाउन खोजिएको छ ।
नेपाली दर्शक तथा स्रोताले वियोगान्त भावनालाई मन पराउने विश्वासका साथ यो गीत र भिडियो तयार पारेको देखिन्छ । त्यसोत गायक तथा संगीतकार श्रेष्ठ पनि बिछोडिएका र बेदनाजन्य संगीतका क्षेत्रमा चिनिने भएकाले पनि अर्को प्रस्तुती सोही अनुसारको ल्याइएको अनुमान गर्न सकिन्छ ।
जे होस् युवा पुस्तामा हुने प्रेम र प्रेमका नाममा पाउने दुःखलाई उठाएको गीत दर्शकको मनमा कति बस्छ हेर्न बाँकी छ । श्रेष्ठकै शब्द र स्वरको यो गीतलाई गोपाल रमाइलीले मिक्सिङ र मास्टरिङ गरेका छन् । सुजन जिम्बा र दिप्शा कार्कीको अभिनयमा रहेको भिडियोलाई दिमेश श्रेष्ठले निर्देशन गरेका छन् ।