• २०८२ भाद्र २८, शनिबार

डा. हे सिओन लीका तीन कविता

डा. हे सिओन ली

डा. हे सिओन ली

१. कोइ माछाको नियम
कोइ माछा एक प्रकारको सजावटी माछा हो
जब माछाको ट्याङ्कीमा राखिन्छ,
केवल ८ सेन्टिमिटर बढ्छ ।

तर खोलामा छोडियो भने,
यसको आकार अनिश्चित बढ्छ
तपाईंको सपनाको रूख जस्तै ।

२. जङ्गलमाझको गाउँमा
जंगलमा, रूखहरू भेला हुन्छन् र बाँच्छन्
ठूला रूखहरू मुनि साना रूखहरू
साना रूखहरू मुनि आकर्षक साना जंगली फूलहरू
उमार्दै र फैलाउँदै आफ्ना डाँठहरू सद्भावमा बस्छन् ।

जंगलमा, रूखहरू भेला हुन्छन् र बाँच्छन्
ठूला रूखहरूले साना रूखहरूको हात समात्छन्
साना रूखहरूले बसेका जंगली फूलहरूलाई उठाउँछन्
फुल्दै र मुस्कुराउँदै, सद्भावमा बस्छन् ।

तपाईँ जंगलमा प्रवेश गर्ने बित्तिकै, सूर्यको किरण मुस्कुराउँछ
खोलाले आफ्नो शरीरको तल्लो अङ्ग देखाउँछ र हाँस्छ पनि
जंगलमा, प्रत्येक मौसममा हाँसो फुल्छ
जंगलमा, आँसु पनि फूलमा परिणत हुन्छ ।

३. विभेदरहित, एकअर्कामा भर पर्दै
राजमार्गमा गाडी चलाउँदै गर्दा
मैले एउटा पहाडलाई रूखमा अडेस लागेको देखेँ
मैले एउटा रूखलाई आकाशमा अडेस लागेको देखेँ ।

डुङ्गा चलाउँदै
चेओङ्सान-डो जाँदै गर्दा
मैले पानीलाई थोपाहरूमा अडेस लागेको देखेँ ।
मैले आकाशलाई सामुन्द्रिक चराको पखेटामा अडेस लागेको देखेँ ।

पृथ्वी फुल्नको लागि बीउमा अडेस लाग्छ
र एउटी आमाको स्तन बढ्छ आफ्नो बच्चामा अडेस लाग्दा ।

साँझ पर्दा,
मैले खेतमा झारपातहरू एकअर्काको काँधमा अडेस लागेको देखेँ
ती काँधहरूमा, घामकिरा बसेका थिए
गहिरो निदाइरहेका ।।


डा. हे सिओन ली