• २०८१ कातिर्क २९ बिहीबार

प्रेम प्रसाद भटृराईको “अरब” र बिनोद खड्काको “घाउ” सार्वजनिक

दोहा: कतारको नज्मा स्थित गोरखा रेस्टुरेन्टको सभाहलमा अनेसास नवोदित कतारको १४१ औं साहित्यिक रचना वाचन डबलीमा साहित्यकार प्रेम प्रसाद भट्टराईको “अरब“ गीतिकाव्य र साहित्यकार बिनोद खड्काको “घाउ“ नियात्रा संग्रह सार्वजनिक गरिएको छ ।

सोही डबलिका विशिष्ट श्रोता रघु शर्मा पुर्व विशिष्ट श्रोताहरू रमजान अलि मिया, पवित्रा खड्का, तेज कटुवाल,चानक पोख्रेल,पदम गिरी अनेसास कतारका अध्यक्ष लेख कार्की पुर्व अध्यक्षहरू सिताराम थापा,श्यामराज रानाभाट, मणि पौडेल नवोदितका का.बा. अध्यक्ष सानु थपलिया पुर्व अध्यक्षहरू चक्र कार्की,दिलिप पराजुली,समाजसेवी राजेन्द्र ढुंगाना र बेद प्रसाद भट्टराईका हातबाट सार्वजनिक गरिएको थियो ।

विशिष्ट श्रोताको आसन ग्रहण साथै राष्ट्रिय गान गाएर कार्यक्रमको सुरुवात गरिएको थियो । सार्बजनिक कृति अरबका बारेमा अनेसास कतारका पुर्व अध्यक्ष सिताराम थापाले समिक्षामा भने अरब मैले पहिला हेर्दा आकारमा सानु देखेर अरब आउन हतार भयो भन्ने सोचेको थिए तर जब अरब भित्र पसे अनि थाहा भयो यो त जिरे खोर्सानी भन्दा नि खतरा भेटे,आकारमा सानो भएता पनि यो भित्र विश्वको अग्लो बुर्ज खलिफा देखि लिएर भव्य अरब र नेपाल पो आटेको पाए ।