तेलगु कविता

हो
रीस
अनल
जलाउँछ
भस्म पार्दछ
राख्दैन केहि नै
पार्छ सर्वश्व स्वाहा
मान मर्यादा चरित्र
सकिन्छ द्वेषाग्निमा स्वयं
रीस खा आफू बुद्धि खा अर्को
बन्छ निस्तेज ज्ञान चक्षु
बड्छ मानसिक रोग
बिर्सिन्छ दया धर्म
बन्छ एकदिन
भष्मिभू ताङ्ग
ज ग त मा
अस्तित्व
रह्यो
के ।
रूप नारायण तिम्सिना