• २०८१ पौष २९ सोमबार

कोमल मन

बसन्त चौैधरी

बसन्त चौैधरी

यो जीवनमा म को हुँँ
कहिले लाग्छ सञ्चित पुँजी हुँँ
कहिले लाग्दछ म ऋण हुँँ,
धरतीलाई छायाँ दिने विशाल वटवृक्ष हुँँ
कहिले लाग्दछ आँधी हुँँ, हुँरी हुँ
कहिले लाग्दछ म तृण हुँ ।
म एक प्रतीक्षा हुँ
एक अपुरो इच्छा हुँ
कहिले लाग्दछ धरमराउदो रहर हुँ
कहिले लाग्दछ भीष्मप्रतिज्ञा हुँ
कहिले लाग्दछ कृष्ण–प्रण हुँ ।

म चाहन्छु, धरती यो शीतल होस्,
हर एक समस्या हल होस्
चाहना यही छ,
मान्छे भित्र झरनाको कलकल होस्
मान्छेभित्र बसेको
आदिम पशु निर्बल होस् ।

कहिले लाग्दछ म शान्ति हुँ
कहिले लाग्दछ एक भीषण रण हुँ
कहिले लाग्दछ म शाश्वत समय हुँ,
वा बितिहाल्ने क्षण हुँ,
जे भए पनि मलाई लाग्छ
मान्छे भई जन्मेको म
दुनियाँको एक कोमल मन हुँ ।

साभार: मेघा(कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)