• २०८२ आश्विन ६, सोमबार

बेलबारीमा ‘कोइलाखाद’ माथि परिचर्चा सम्पन्न

मोरङ ।

बेलबारी साहित्य विकास समितिको आयोजनामा श्याम सिङ्घकद्वारा लिखित आख्यान ‘कोइलाखाद’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम बेलबारी नगरपालिकाको हलमा सम्पन्न भएको हो । प्रमुख अतिथि साहित्यकार हर्कमान तामाङले कोइलाखाद केवल आख्यान मात्र नभई एउटा ऐतिहासिक दस्तावेज पनि भएको उल्लेख गर्दै लेखकलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले कृतिले विगतको इतिहासलाई उजागर गरेको बताउनुभयो ।

कार्यक्रममा लेखक श्याम सिङ्घकसहित बेलबारीका अग्रज स्रष्टा तथा राजनीतिकर्मी इरान राई, कोसी साहित्य-कला परिषद् नेपालका तदर्थ समिति अध्यक्ष केशु विरही, प्रगतिशील लेखक सङ्घ नेपाल, कोसी प्रदेशका पूर्व अध्यक्ष तिला लेकाली, स्रष्टा देवेन्द्र खापुङ ‘सुर्केली’, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याक्खा, स्वर्णिम साहित्य समाजका अध्यक्ष प्रकाश दिप्साली लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

स्रष्टा इरान राई र केशु विरहीले शुभकामना मन्तव्य राख्दै कृतिले नेपाली साहित्यलाई थप समृद्ध गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा धनजित पराजुली, दिलीप राई सगर, बादलदेवी चाम्लिङ, दीप मङ्ग्राती, प्रकाश भट्टराई, खेमचन्द्र अधिकारी, चिरञ्जीवी काफ्ले, राजकुमार राई, गोविन्द चोङबाङ, चक्र लोहोरुङ, सुजता राई, दीपा मङ्ग्राती, राजकुमार लिम्बू, शेरबहादुर खपाङ्गी, दुर्गा खरेल, मुना मिश्र, शारदा दाहाल, मनकुमार गुरुङ, केपी घिमिरेलगायतका स्रष्टा तथा कलाकारहरूको समेत उपस्थिति थियो ।

कार्यक्रममा समितिकी उपाध्यक्ष लक्ष्मी रेग्मी सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष रमेश निरौलाले गर्नुभएको थियो भने सञ्चालन सहसचिव शिव पराजुलीले गर्नुभएको थियो ।