• २०८२ माघ २९, बिहीबार

सुलोचना मानन्धरको ‘एकजोर आँखा’ कथाकृति सार्वजनिक

काठमाडौँ ।

कथाकार सुलोचनाको कथाकृति ‘एक जोर आँखा’ एक समारोहबीच लोकार्पण गरिएको छ । काठमाडौंमा अवस्थित शिल्पी थिएटरमा आयोजित एक कार्यक्रममा साहित्यकार भागीरथी श्रेष्ठ, कथाकार सुलोचनालगायतले कृति सार्वजनिक गरेका हुन् ।

उक्त अवसरमा कथाकारसँग उज्वला महर्जनले अन्तरक्रियात्मक संवाद गरिन् । अन्तरक्रियामा उठेका प्रश्नहरूको कथाकारले जवाफ दिएकी थिइन् । कृति सार्वजनिक कार्यक्रममा कथाकार भागीरथी श्रेष्ठलगायतले बोलेका थिए ।