• २०८२ भाद्र २९, आईतवार

’खोल’ निबन्ध सङ्ग्रह उराँव भाषामा र ’पल्पसा क्याफे’हिन्दी भाषामा अनुवाद

काठमाडौँ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य (अनुवाद) विभागको परियोजना अन्तर्गत साहित्यकार विनयकुमार शर्मा नेपालद्वारा रचित ’खोल’ निबन्ध सङ्ग्रहलाई वेचन उराँवले उराँवभाषामा र नरायाण वाग्लेद्वारा रचित ’पल्पसा क्याफे’ उपन्यासलाई वेदना उपाध्यायले हिन्दी भाषामा अनुवाद गरेका दुई पुस्तक प्रकाशित भएका छन् । यी दुवै कृति पठनीय रूपमा चर्चित रहेका छन् ।