• २०८२ कार्तिक १२, बुधबार

प्रकाश घायलका चार मुक्तक

प्रकाश घायल

प्रकाश घायल

आफ्नोपन बेच्न सकिन्न भाषा बेच्न सकिन्न
जिन्दगीको उत्कट अभिलाषा बेच्न सकिन्न
बेच्नले धर्म संस्कृति जे पायो त्यही बेच्छन्
भू-अखण्डता प्रतिको आशा बेच्न सकिन्न ।।

जालझेल गर्दै दिन्छन् तनाव हामीलाई
बोकाएर झन्झन् ऋणको भार हामीलाई
आनन्दको निद्रा तिम्लाइ नि पर्दैन पक्कै
जहाँ जहिल्यै गर्छौं नि बेइमान हामीलाई ।।

समयको घट्टमा भाग्य….आलोपालो पिसिन्छ
कञ्चन यो….जिन्दगीमा सेतोकालो मिसिन्छ
दनदनी वेदनाको आगो छातीभित्र बल्दा पनि
के गर्नुरुतिमी साथमै भएनि अंगालो चिसिन्छ ।।

साल महिना सोधिन्न गते र बार सोधिन्न
अब त हालखबर पनि लगातार सोधिन्न
पिठ्युँ फर्काएर भाउ खोज्दै हिड्नेलाई
कसरी चल्छ !  झुठको ब्यापार सोधिन्न !!


प्रकाश घायल