• २०८२ भाद्र २८, शनिबार

ज्ञाननिष्ठ ज्ञवालीको “बा ,आमा र म “ कृति लोकार्पण

काठमाडौँ ।

मोतीजयन्ती, कुशेऔँसी, बाबुको मुख हेर्ने दिनको अवसर पारेर नेपाली शिक्षा परिषद् काठमाडौँमा विभिन्न कार्यक्रम गरियो । समस्यापूर्ति कवितावाचन, युवा वर्ष मोती पुरस्कार समर्पण तथा ज्ञाननिष्ठ ज्ञवालीको “बा ,आमा र म “ कृतिको लोकार्पण गरियो । नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मुकुन्दशरण उपाध्याय प्रमुख अतिथि हुनुहुन्थ्यो । विभिन्न कविहरूले कविता वाचन गरेर मोतीरामको सम्झना गरियो ।

पोखराका कवि छन्दमणि त्रिपाठीलाई युवा वर्ष मोती पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो । ज्ञाननिष्ठ ज्ञवालीले आफ्नो कृतिबारे सङ्क्षिप्त मन्तव्य राखेका थिए । एकवर्षभर दिवङ्गत स्रष्टाहरूलाई सम्झना गरिएको थियो । कार्यक्रममा मोतीरामको विशेष चर्चा भयो ।