• २०८२ आश्विन ८, बुधबार

गीतकार नारायण खतिवडाको ‘बरि लै’ तीज गीत सार्वजनिक

परम्परागत र आधुनिक शैलीको समिश्रण रहेको ‘बरि लै’ तीज गीत र सोको भिडियो लिएर गीतकार नारायण खतिवडा फेरि सांगीतिक क्षेत्रमा देखापरेका छन् । मनोज साङ्सनले गीतकार खतिवडाको ‘बरि लै’ तीज गीतको सङ्गीत संयोजन र कम्पोज गरेका हुन् । मनोज साङ्सन र सुरेश राईको सुमधुरले स्वरले गीतलाई जीवन्तता प्रदान गरेको छ।

फरक प्रस्तुतीकरण समेटिएको यस गीतले परम्परागत र आधुनिक सङ्गीतको सुन्दर संयोजनका साथ तीजको उत्साह र उमङ्ग समेटको छ । गीतको रेकर्डिङ मनोज साङ्सन र सुरेश राईले गरेका छन् भने मिक्सिङ र मास्टरिङ राजु कार्कीले गरेका छन् । विकास धमलाले दृष्य सम्पादन गरेका हुन्। गीतमा तीजको नाचगान, प्रेमको भावना, नारीको सौन्दर्य, एकता र उत्साह उजागर गरिएको छ ।

गीतमा रन्जु मिश्र, सहारा कोइराला र विदेश मार्सलको कलात्मक अभिनय छ । स्टुडियो किङ्ममा रेकर्ड गरिएको गीतको छायाङ्कन अर्जुन कटवाल, सम्पादन विकास धमला, कोरियोग्राफी सन्जिला सुमित्रा र भिडियोको निर्देशन गीतकार आफैंले गरेका छन् । परम्परागत तीज गीतलाई कायम राख्दै आधुनिक सङ्गीतको मिश्रणले उक्त गीत उत्कृष्ट बनेको छ । उक्त तीज गीत नमस्ते नेपाल डिजिटल स्टूडियोबाट सार्वजनिक भएको हो ।