• २०८२ भाद्र ४, बुधबार

कवि तथा संगितकार विनोद नन्दनको निधन

कवि तथा संगितकार प्रेम विनोद नन्दनको निधन भएको छ । नन्दनको ९० वर्षको उमेरमा चितवन मेकिडल कलेज भरतपुरमा निधन भएको हो । नारायणी कला मन्दिरका पूर्वअध्यक्ष अमर प्रधानका अनुसार उनी लामो समयदेखि श्वासप्रश्वास सम्बन्धी रोगबाट बिरामी थिए ।

वि.सं.२०११ सालमा ‘झटारो’ गितिसंग्रह प्रकाशन गरेका नन्दनका गजल, कविता तथा अन्य काव्य प्रकाशित छन् । उनका गीति संग्रह अञ्जली २०२३, सपनीवाट ब्यूझेर २०२३, विपनीका पाइलाहरु २०५२, ऐना भित्रको आकाश २०६३, सिद्धार्थको ग्रह त्याग लघु काब्य २०७४ र पत्रम पुष्पम कविता संग्रह २०७७ पनि प्रकाशित छन् ।