म बस्ने गर्छु
एकतमासका दिन र
कागजहरूको ओछ्यानमा
रङ उडिसकेको स्विटरका धागाहरूमाझ
जसका धागा उध्रिन थालेका छन् ।
म कहिले पनि रहिन
आफ्ना धर्म- सिद्धान्तहरूभन्दा टाढा ।
बुनिरहेको हुन्छ समयले
र म जम्मा गरिरहेको हुन्छु- शब्द
कलम र फ्याँकिएका कच्याककुचुक
पानाहरूको एउटा चिहान ।
म हुँ मन्द- गतिको र अपवित्र
म चुर्लुम्मै डुब्छु पीडाहरूमा
र लाउँछु त्यसलाई यो पुरानो स्विटरजस्तै
खुइलिएको, पुरानो र अभागी ।
म छु सार्है दुर्बल यस अव्यवस्थामा ।
अनुवाद: राजेन्द्र शलभ