समाचार

काठमाडौं ।
गीतकार डा. तारानाथ घिमिरे ‘धुर्कापानी’को गीत ‘दिनमा पनि रातमा पनि…’ सार्वजनिक गरिएको छ । यो गीतमा स्वर र संगीत विष्णु अधिकारीको छ ।काठमाडौंमा आयोजित कार्यक्रममा डा. नवराज लम्सालले उक्त गीत सार्वजनिक गरे । उनले गीतमा सघन चेतना प्रवाह भएको बताए । यो गीत चोटहरूको संग्रह भएको उनले टिप्पणी गरे ।
सोही अवसरमा ‘सुगम संगीत: आस्था र अवस्था’ विषयमा संगीतका अनुसन्धाता डा. विष्णु दाहालले प्रवचन दिए । दाहालले गीतसंगीतमाथि विहङ्गम अभिव्यक्ति दिँदै सुगम संगीतलाई सबैले मन पराउने बताए । संगीत समयानुसार परिवर्तन हुँदै गएको उनले उल्लेख गरे । तर, कालान्तरमा सुगम संगीतले नै स्रोताको मन जित्ने उनले बताए । युवापुस्तालाई सुगम संगीतबारे जानकारी गराइनुपर्नेमा उनले जोड दिए । समीक्षक डा. गीता त्रिपाठीले यो गीतमा सरल शब्दमा गहिरो संवेदना लुकेको बताइन् ।
संगीतकार राजु सिंहले गीतमा ‘नोट’हरूको राम्रो प्रयोग भएको बताए । यो ‘स्वीट ब्लुज’ गीत भएको चर्चा गरे । कार्यक्रममा गीतकार धुर्कापानीले गीत लेख्दाको अनुभव सुनाए । गायक तथा संगीतकार अधिकारीले शब्दलाई संगीतबद्ध गर्दाको क्षण सबैसँग साझा गरे । यो गीत विष्णु अधिकारीको आधिकारिक युट्युब च्यानलबाट प्रसारण थालिएको छ ।
आयोजकका अनुसार, कार्यक्रममा उपन्यासकार प्रज्ञा पनेरुले पुस्तकमा समेटिएका महिला पात्रहरूको मनोवैज्ञानिक र सामाजिक चित्रणमाथि विश्लेषण प्रस्तुत गरिन् । समालोचक सुरेन्द्र दवाडीले उपन्यासको साहित्यिक चेत, संरचना र कथानकको विवेचना गरे । उनले लेखकलाई आउँदो कृतिमा थप सशक्तता ल्याउन सुझाव पनि दिए । विमोचनसँगै उपन्यासकार ममता र लेखक सानु घिमिरेबीच करिब आधा घण्टा पुस्तक वार्ता समेत आयोजना गरिएको थियो ।