• २०८१ असार २ शनिवार

मनमाया

चित्रखाती ‘अशोक’

चित्रखाती ‘अशोक’

मनमाया !!
मेरी मनमा बस्ने मनमाया
हुन त
तिमी मेरा लागि
कहिल्यै पनि सजिलि भईनौं
कहिले १३ कि दुना जस्ति भयौं
कहिले त्रिकोण कि कुना जस्ति भयौं
कहिले न्यूटनका नियम जस्ति भयौं
कहिले पि. टि का व्यायाम जस्ति भयौं
तर पनि
डिंगाका पछि लागेको गोठालोले जस्तै
तिम्रो पछि लाऊन कहिल्यै छोडिन

हुन त
गाडा निलो मेड्डि
अनि
आकाशे निलो सर्ट लाऊने तिम्ले
गाडा निलो पाईन्ट
अनि
आकाशे निलै सर्ट लाऊने मलाई
मन पराऊनु पर्ने हो
तर तिम्ले
जिनको पाईट र टि- सर्ट लाऊने
हप्तामा २ दिन मात्रै स्कुल आऊने
जिमदारको छोरोलाई रोज्यौ रे
भन्नि हल्ला ऊहि बेला नै
नचलेको होईन्
तर पनि
स्कुल देखि घर फर्किदा

मेरा घरमा पानी खान पस्ने तिमी
कुनै दिन मेरो घरमै बस्यौ रे भन्नि
हल्ला पनि चल्ला
भन्ने आशमै बसेको थिएँ म
मनमाया
बर्खामा
मकैका बिरूवा पनि हल्लक बड्छन्
तिनमा पनि जुंगा पलाऊछन्
अनि जात अनुसारका
एऊटा, दुईटा, तिन्टा बा बेसी घोगा लाऊछन्

त्यस्तै
नेपालीका छोराहरूका पनि
जब जुंगाका रेखि पलाऊछन्
तब गक्ष अनुसारका देशका भिसा लगाऊंछन्
मेरी मन कि मनमाया
तिम्रो हल्ला चलेको छाऊरो
काठमाण्डौका क्याम्पसमा ट्यामपास गरिरहँदा
म साऊदिका ऊंटका पछि मार्चपास गर्दै थिए

मेरी मनमाया
जे जति सके नसके पनि
लास्टकका कुरो भन्या सम्झिने मन कै हो
बाऊकै पैसामा भएनि तिम्रो हल्ला चलेको छाऊरोले
दशैमा गाऊँ जाँदा
तिम्लाई एक गेढो पुस्टकारी सम्झेन
अम्रिका बाट फर्कदा नि
तिम्रो हल्ला चलेको लाऊरेले
एक धर्को चोलि
एक फर्को सारी सम्झेन्

तर मैले
सवरीले रामलाई सम्झेका बयर जस्तै
खाडिका खजुरमा हजुरलाई सम्झें
एक बारको जुनिमा
दशै छुट्टिमा गाऊँ आऊँदा
तिम्रो नाडिमा सुहाउला भनेर
सिको फाईभ घडि सम्झें
नाई नास्ति गरे नि
आखिर एक बार त बोलौलीनि भनेर

नोकिया १६०० सम्झे
मेरी मनमाया
मान्छेको लालसाले
मान्छेलाई अन्धो बनाऊँछ भन्छन्
तिम्लाई पनि
आईफोनको जादुले तीन छक नै पार्ला

एक दुईटा फोटा खिचि पनि देलान्
यति सम्मकि
आईफोन नै दिन्छु पनि भन्लान्
तर पनि मनमाया
जति नै फुटानि लाएनि
तिम्लाई चाईनिज मोबाईल भन्दा ठूलो
कुनै पनि मोबाईलको भकाडो दिनेवाला छैनन्
जाबो चाईनिज जिनिस सित जोबन साटिरे
भन्ने त सुन्न पनि सुहाऊदैन्
मनमाया
त्यहि भएर सस्ता कुरामा जात फाल्नु हुँदैन्
फोटा नै नखिचे नि मैले देको नोकिया
हातबाट खसेसी झर्याम झुरूम्मै त हुँदैन
मेरी मनकि मनमाया
तिम्लाई पनि विदेशका
अग्ला अग्ला बिल्डिंग अघि खिचिएका
सग्ला सग्ला फोटाले लोभ्याऊलान्
समुद्र किनारमा खिचिएका फोटाले फकाऊलान्

तिम्लाई पनि त्यतै जाऊली
मिठै खाऊली
ठूलो घरमा बसौली मोटर गाडि चडौली
राम्रा राम्रा कपडा लाऊली
महंगा महंगा गहना सजाऊली
भन्ने जस्ता सपना देखाऊन सक्छन् तिन्ले
तर मनमाया
आँखा बन्द नगरी सपना देखिन्न

त्यहि भएर यति त ख्याल गर्नु पर्छ कि
आफ्नै अघिको अस्मिता पनि चोरिएको थाह नहुन सक्छ
आँखा बन्द हुँदा
मेरी मनकि मनमाया
फुले जति सबै फूल हुँदैनन्
कुनै कुनै पातहरू पनि हुने गर्छन्
शरदका पातहरू जस्तै
ती पुष्पित पहेँला पातहरू पनि
फूलभन्दा कम्ता सुन्दर त कहाँ हुन्छन् र
तर पनि सुस्त शिशिरको वेगले नि
झारेर नांगेतार बनाईदिन्छ तिन्लाई
मेरी मनमाया
यदि तिम्ले पनि पात समेत रंगाऊने लालसा राख्यौ भने
गाऊ भरीका डिठ्ठा, जिम्दार र साहुका छोराहरूको बैंस
कुनै हुरी हुन्डरी भन्दा कम्ता छैन्
तिम्ले साँचेर राखेको पात समेतलाई
झारीदिन सक्छन् तिन्ले
त्यहि भएर मनमाया
तिमी पनि फूल बन्नु पर्छ

समय मै टिपिनु पर्छ
देऊरालीकै देऊताका थानमै
भए नि चढिनु पर्छ
शिशिर आऊनु भन्दा पहिल्यै
तिहार तिरै मालामा ऊनिनु पर्छ

तिम्रा छरपस्ट भएका फुलहरूलाई
सम्हाल्न पनि त एऊटा धागोको डोरो चाहिन्छ नै ।


चित्रखाती ‘अशोक’
[email protected]