कविता

नाता पनि “ताना” हुन्छ कमजोर भए धनले
नदी पनि “दीन” हुन्छ,थाहा पायो मनले !
“सरी “पनि “रीस” हुन्छ “याद” बन्छ “दया!”
“गड” हरे “डग” बन्छ,शासन गर्दा डनले !!
हरेक “नारी” “नीरा “बनी “बा” कविता लेखे !
हुन्थ्यो शान्ति पितालाई मान्थे बहुजनले !
उलटपुलट सारा हुने,खेल समयको !
भीम हुन्छ दुर्योधन अति भनाभनले !!
इमान्दार मानिसको गाउनुपर्छ जय !!
यसो भन्ने जून घाम, गाम, शहर वनले !!
धनराज गिरी