समाचार

काठमाडौं ।
साहित्यकार ममता मिश्रको उपन्यास ‘पहिचान’ सार्वजनिक गरिएको छ । ममताको यो दोस्रो कृति हो ।
शनिबार अस्ट्रेलियाको सिड्नीमा आयोजित एक कार्यक्रममा लेखक ममता, वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी, ब्ल्याकटाउन सिटीका सामुदायिक अगुवा एवं लेखक डा. ओम ढुंगेल, सौरभकिरण श्रेष्ठ र सानु घिमिरेले संयुक्त रूपमा पुस्तक विमोचन गरे । सिड्नीमा स्थायी रूपमा रही ममताले नेपाली साहित्यमा निरन्तर योगदान दिँदै आएकी छन् ।