• २०८२ आश्विन २२, बुधबार

माडी नगरपालिकामा प्रज्ञा प्रतिष्ठान गठन

चितवन ।

माडी नगरपालिकामा प्रज्ञा प्रतिष्ठान गठन भएको छ । नारायणप्रसाद सापकोटा अध्यक्ष रहेको प्रतिष्ठानको उपाध्यक्षमा चन्द्रमणि महतो (सीएम अपिल चितौने) रहेका छन् । समितिको सदस्य सचिवमा प्रविण भण्डारी रहेका छन् । प्रतिष्ठान १७ सदस्यीय रहेको छ । प्राज्ञ प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूको बिहीबार शपथग्रहण सम्पन्न भएको छ । माडी ऐतिहासिक, सांस्कृतिक, सामाजिक र राजनीतिक रूपमा धेरै नै सम्पन्न भूभाग भएकाले यस कुरालाई कला साहित्यमार्फत उजागर गर्ने जिम्मेवारी पूरा गर्ने अध्यक्ष सापकोटाले बताए ।

माडी प्रज्ञा सदस्यहरूमा प्रेम विष्ट, विपिन पाठक, इन्दिरा दाहाल, श्याम दुरा, पार्वती विश्वकर्मा, सूर्यबहादुर केसी (सूर्यमध्यरात), सुमन तिमिल्सिना, इज्द्रकुमारी महतो, सत्यप्रकाश पौडेल, सुदर्शन सुवेदी, हिरामति महतो, नारायण दुबे र अञ्जु तमाङ रहेका छन् । त्यसै गरी माडी नगरपालिकाको सामाजिक विकास समितिका संयोजक दिपेन्द्र पौडेल पदेन सदस्य रहेका छन् । शपथग्रहण कार्यक्रममा बोल्दै माडी नगरपालिकाका मेयर ताराकुमारी काजी महतोले माडीको सिर्जनालाई उजागर गर्न प्रतिष्ठान सफल होस् भन्ने शुभकामना दिइन् । माडी आदिवासी थारू बहुल क्षेत्र हो ।

माडी नगरपालिकामा धेरै जातजाति मिलेर बसेका छौं। यो कला संस्कृतिको सङ्ग्राहलय हो। प्रकृतिले साथ दिएको छ। ऐतिहासिक स्थल पनि प्रशस्त छन्। सबै पक्षको उजागर होस्। उपसमितिहरू बनाएर पनि सबै क्षेत्रलाई समेट्ने काम गर्न सकियो, मेयर महतोले भनिन्। चार वर्षे कार्यकाल रहने समितिको गठन असार १६ गतेको कार्यपालिका बैठकले गरेको थियो ।