समाचार

काठमाडौं ।
साहित्यकार महेशराज खरेलले आफ्नो तेस्रो कृति ‘देश विदेश’ पाठकसामु पस्किएका छन् । यो उनको नियात्रासंग्रह हो । यसमा उनले देश- विदेशका गरेर १० नियात्रा प्रस्तुत गरेका छन् । उनको यसअघि एक कविताकृति र एउटा उपन्यास प्रकाशित छ । ओरिएन्टल पब्लिकेसनले बजारमा ल्याएको यो पुस्तकको मूल्य ५०० रुपैयाँ कायम छ ।