कविता

पैसा न ठूलो शब्द हो, जम्मा दुई अक्षरको । न गम्भीर भाव छ । न ओजन भएजस्तो लाग्छ । बरु द्रव्य भन्दा अलि दिमागको तराजु तलतिर ढल्कन्छ । यसले न व्यापक अर्थ दिन्छ । न दिव्य ज्ञानको झङ्कार दिन्छ । तर पनि विश्व यसैको वशमा छ । हरेक मान्छेको दिमागमा बिहान उठेदेखि बेलुका निदाउने बेलासम्म रोटेपिङ जसरी पैसा घुमिरहन्छ ।अझ कतिलाई त निदाउन सम्म दिँदैन पैसाले । पैसाको साथी शक्ति हो । पैसा, शक्ति र अहम् सँगसँगै हिड्छन् । कहिल्यै छुट्टिँदैनन् । यिनैका कारणले विश्वमा लडाइँ हुन्छ । सत्रुता र मित्रताका कारण पनि यिनै हुन् ।
प्रथमेनार्जिता विद्या द्वितीयेनार्जितं धनं।
तृतीयेनार्जितः कीर्तिः चतुर्थे किं करिष्यति।।
गृहस्थमा द्रव्य वा पैसा कमाउनु आवश्यक छ भन्ने कुरा वेदमा रहेको माथिको श्लोकबाट प्रष्ट हुन्छ । त्यसैले वैदिक काल देखि नै पैसाको महत्त्व थियो र आज पनि त्यत्तिकै मात्र होइन अझ बढ्ता छ । तर आजभोलि भने कमाउनुूको अर्थ थुपार्नु भएको छ । आवश्यकता अनुसार संकलन गरेर खर्च गर्नु कमाउनु हो भने उपरतली लाग्नेगरि सङ्ग्रह गर्नु चै थुपार्नु हो । पैसाको मतलव नगद, धन, सम्पत्ति । यत्ति त हो । सोच्दास पैसा केही होइन । पैसा केवल एक साधन । पैसाको काम एक मात्र छ । त्यो किन्नु हो । अर्थात सामान, सेवा वा समय किन्नु । हुन त केही समान, सेवा र समय परिस्थिति अनुसार किन्छु भनेर पनि किन्न पाइन्न । मतलव पैसा साट्ने माध्याम मात्रै हो ।
पैसको उत्पत्तिलाई हेर्ने हो भने पारवहनमा सहज होस् भनेर भएको हो । यसलाई हेर्दा खासमा पैसा भन्दा वस्तु महत्त्वपूर्ण देखिन्छ । पैसा सिधै उपयोग गर्न मिल्ने चिज पनि त होइन । वस्तुको सङ्ग्रह पनि आवश्यकता अनुसार भए ठीक हो ।कसैले अधिक वस्तुको सङ्ग्रह गर्नु भनेको अरु कसैलाई भोकै राख्नु हो । हामीले यत्ति बुझिदिने हो भने यो संसार नै अर्कै हुन्थ्यो । पैसाको हकमा पनि यो नियम लागू हुन्छ ।
कहिलेकाही म सोच्छु, ‘मान्छे बाच्न एक पेट खान, एकसरो लगाउन र शिर लुकाउने ठाउँ भए पुग्यो।‘ बास्तवमा हो पनि । यसो भनिरहदा कसैलाई लाग्दो हो, नाथे बाच्नु मात्र जिन्दगी हो र? ‘बाच्नु भन्दा ठूलो कला अरु के होला ? म चै यसो भन्छु । विज्ञानले पनि हरेक प्राणी बाच्नको लागि संघर्ष गर्दछन् भन्छ । बाच्नु भनेको प्रकृतिसँग अनुकुल हुनु हो ।
यत्रा भौतिक चिज, आधुनिक सेवा र मनोरञ्जन उपभोगको लागि बनेका हुन् नि । यी कपालका गुजुल्टा जस्ता अनन्त वस्तुहरू प्रयोगमा ल्याउन पैसा अपरिहार्य छ । यो नै पैसा प्रतिको आशक्तिको सुरुवात हो । त्यसपछि क्रमशः यसले शरीर, मन र मस्तिष्कलाई दास बनाएर घुँडा टेकाउँछ र आफू त्यसमाथि सवार भएर राज गर्छ । अनि बिस्तारै केही होइनू बाट केही त हो हुँदै सबैथोक हो सम्म पुग्छ । सुरुमा पैसालाई महत्त्व नदिइएर आफ्नो आदर्शमा रहने विद्वानहरूलाई पनि निश्चित घटना र परिस्थितिले आफू गलत भएको महसुस गराइदिन्छ र आदर्शबाट च्युत बनाइदिन्छ । हुन पनि मान्छे जन्मेदेखि पैसाको आवश्यकताको शृङ्खला सुरु भएर मृत्यु सम्म पुग्छ । अझै मृत्यु पछि पनि मृतकका नाउँमा गरिने अनेक क्रियाकलापहरूको लागि पैसै चाहिन्छ । पैसा बिनाको कार्यको परिकल्पना सम्म सम्भव छैन । अरुको के कुरा गर्नु कात्रोको ब्राण्ड पनि मृतकको अवस्था हेरेर निर्धारण गरिन्छ ।
पैसा, पैसा, पैसा‘ ओहो ! कति वाक्क लाग्दो परिस्थिति । संसार नै पैसाको भोको भैसक्यो । खानाको भोकले बरु मान्छे बाच्ला तर पैसाको भोकले रन्थनिएर मान्छे मरेतुल्य हुन्छ । पैसैको लागि भाइभाइ र साथीसाथी काटमारमा उत्रन्छन् । पैसैको लागि श्रीमान (श्रीमती पारपाचुके सम्म पुग्छन् । उफ ! पैसा त सम्बन्धको रेसा रेसामा बसेको छ । हुनपनि आजभोलि त सम्बन्ध र मित्रता पनि नाडी छामेर गरिन्छ । नाथे सानो नाडी हुनेसँग कसले सम्बन्ध स्थापित गर्छ । बाुले छोरोलाई र छोरोले बाुलाई पैसा अनुसारको व्यवहार गर्छन् । यसरी हेर्दा पैसा नै सम्बन्ध र सम्बन्ध नै पैसा बनेको देखिन्छ ।
मुन्तिरको जुम्रो मास्तिर पुग्यो अहो१कत्रो संसार पायो
टुप्पोमा पलायो,पैसा लगायो र अच्छा लोकाचार पायो
कस्ले देख्छ टल्कने पहिरन भित्रको धमिलो बिचार
खर्बौं लुटेर हजार बाड्यो त्यसैले बढो आभार पायो
कर्म गर फलको आशा नगर।‘ गीताको यो सार गलत सावित गर्ने होडमा तछतछाड गरेर लाग्दैछन् रोबर्ट स्वरुपका मान्छेहरू । अहिले मान्छेको कर्म हेरिन्न खल्तीको ओजन हेरिन्छ । स्वार्थका खातिर उसले समाजसेवाको नाउँमा छर्ने दानामा हेरिन्छ ।
के गर्न पैसा चाहिन्न होलारु राजनिती गर्नेहरूले भोट किन्न नोट तेर्स्याउनै पर्छ । डक्टरले एउटा किड्नीको उपचार गर्न अर्को किड्नी बेच्न बाध्य बनाउँछ । केटाकेटीलाई यलभ- वानू बराबर शुल्क स्वरुप शिक्षकले हजार चट पार्छ । अहिले सेवाको मतलब श्रम भन्ने हुन्न सेवाको मतलव ढेवा हुन्छ । पैसा छैन व्यक्तित्व छैन । पैसा छैन व्यक्तिको कुनै उपयोगिता छैन । समाजको यहीँ कुलतले भ्रष्टाचारलाई प्रोत्साहन गरेको छ । असल कर्म अनुसारको प्राथमिकता दिने हो भने असल संस्कार बसिहाल्छ नि । पैसामुखी समाजमा भ्रष्टाचार, कुलत र गलत प्रवृत्ति बढ्नु स्वभाविक नै मानिन्छ ।
एक दिन ऊ सङ्ग
शक्तिको शुभकामना जोडियो।
घरमा पैसा रफ्तारमा भित्रिन लाग्यो
घरको उचाइ बढ्दै गयो।
त्यस दिन प्रष्ट देखियो
उसको टाउकोमा
अहंकारका दुई सिङ उम्रिएका थिए।
शक्तिसँगको सहकार्यले कमाइको अनुपातमा वृद्धि हुन्छ । यसै अनुपातमा संस्कार र तहको अनुपात पनि बढ्दै गएजस्तो देखिन्छ । मान्छेले आफ्नो हैसियतमा वृद्धि भएको देखावटी ढाँचा गर्न थाल्छ र आफूलाई खानदानी वर्गमा स्थापित गर्ने प्रयत्न गर्छ । तर यो यति किर्तिम हुन्छ कि टुप्पोबाट पलाएको भन्ने प्रष्टै देखिन्छ । यसको अर्थ के हो भने पैसाको वृद्धिसँगै
आडम्बरको ढाँचामा पनि परिवर्तन हुन्छ अर्थात सिङ पलाउँछ ।
यो पैसाले लगाएको मोहनी फुकाउने तान्त्रिक को होलारु यो मोहनीले गर्दा कोही पैसा प्राप्त भएर बौलाहा बनेका छ्न् भने कोही पैसा प्राप्त गर्न नसकेर बौलाहा बनेका छन् । सबका सब बौलाएका छ्न् ।यसरी मोहनी लगाउने आधुनिक अर्थतन्त्रका हिमायतीलाई भेट्याउन पाए । पैसै पैसाले भरिएको कोठामा एकमहिना सम्म अन्न न पानीसँग थुनिदिनु हुन्थ्यो । लु त्यसका अर्थ सिद्धान्तले भोक र तिर्खा मेट्थ्यो कि ! होइन भने यो मोहनीबाट छुट्कारा पाउन ठूलो प्रलय आउनु पर्छ । जब राजा र रङ्क एउटै आकाश ओढेर चिसो भुइँमा लमतन्न परेर तारा गन्छन् । बल्ल सबैको जीवन एउटै रहेछस जीवनमा पैसाको भेद रहेनछू भन्ने ज्ञान आउँथ्यो र मोहनीको डोरी चुडिएर मानवीय चेतना खुल्लमखुल्ला डुल्थ्यो ।
सिक्का बिना जिन्दगी फिक्का छ । तर आजभोलि त सिक्काले एउटा पिप्लमेठ पनि आउन्न । सिक्काको प्रयोग माग्नेको हातमा राखिदिने मात्र हो । माग्नेले पनि सिक्कालाई हुर्याइदिन्छ र नोट खर्च गर्न चिकेन टिक्कातिर लाग्छ । आजभोलि त नोट भयो भने मात्रै कोट आउँछ र चोट जान्छ । नगद नारायण भए मात्रै साक्षात नारायणलाई खुसी बनाउन सकिन्छ । पैसा भए पैसा तान्ने उपाय भेटिन्छ । भोक, प्यास र थकान सारा मेटिन्छ।
यदि पैसा भएन भने मान्छे, मान्छे नभएर गरिब भैदिन्छ । त्यो मर्यो भनेपनि मान्छे मर्दैन । गरिब मर्छ । वाह ! पैसाले त जन्म र मृत्युलाई पनि फरक बनाइदिँदो रहेछ । पैसाको शक्ति त ईश्वरीय अनुकम्पा भन्दा पनि ठूलो छ ।
निष्कर्षमा भन्नुपर्दा पैसाले प्रेमलाई व्यापार बनायो, धर्मलाई धन्दा बनायो, राजनीति र सौन्दर्यलाई प्रदर्शनीमा राख्यो । अनि हामी त्यसै पैसाको पुजारी बन्यौं। हेर न१ जीवनभरिको कमाइले हाँसो किन्न सकिन्न अनि पैसाले आँशु बेच्न सकिन्न ।
मलाई भने यो सँसारबाट पैसा हटाएर पैसा बिहिन संसार बनाउन मन छ । जहाँ भोक लाग्दा आफैले उत्पादन गरेको खान पाइयोस् । प्यास लाग्दा प्रकृतिले निस्शुल्क दिएको पानी पिउन पाइयोस् । शिक्षा लिन प्रकृतिलाई गुरु मानेर प्रकृतिकै काखमा जान पाइयोस् । आडम्बरका ब्राण्ड खोलेर सादा पोशाकले शरीर बेर्न पाइयोस् । बन्द आँखाले ब्रह्माण्ड सयर गर्न सकियोस् । मान्छेको समुदायमा मान्छे मात्रै रहुन् । ज्ञानको कम्पनी होइन पाठशाला होस् । इमान्दारिता र नैतिकता रूपी फसल झुलिरहुन् ।