गीत - Aksharang
  • २०७८ असार ५ शनिवार

गीत

विमला अधिकारी देवकोटा

विमला अधिकारी देवकोटा

केटा-
तिमी मेरो ढुकढुकी हौ तिमी मनकी रानी
लुकाउ कि जस्तो लाग्यो मुटुभित्रै तानी

केटि-
मेरो मनको धड्कन तिमी मेरो मनको राजा
सुम्पिदैछु तिमीलाई नै यो जिन्दगी आज

केटि-
तिमी रम्दा फुलहरू रमाउने गरागरा
तिमी हास्दा प्रकृतिनै लाग्ने रैछ हराभरा
तिम्लाइ पाए पछि भुले घरकै कामकाज
सुम्पिदैछु तिमीलाई यो जिन्दगी आज ।

केटा-
चन्द्रमा नि लजाउछिन तिम्रो रूप हेरि
सजाइ राखुँ जस्तो लाग्छ अङालोमा बेरि
तिमी भए सार्थक हुन्छ मेरो जिन्दगानी
लुकाउ कि जस्तो लाग्यो मुटुभित्र भित्रतानी


विमला अधिकारी देवकोटा ( चितवन भरतपुर )
bimala76ad@gmail.com