• २०८२ आश्विन २२, बुधबार

लाहुरेको चिठ्ठी

चेतन काफ्ले

चेतन काफ्ले

एउटा लामो हिउँद बित्यो
मकलमा आगो नतापी
बुढाखाडाले ।
सुस्तले,
एकढाड घाम ताप्न पाएनन्
चिल्लो लगाएर सुत्केरीहरूले
सधै भयाभह र त्रसिद
कुनैपनि बेला –कतैपनि
–गोलावारी हुनसक्छ
जीवनको कुनै निस्चित छैन
आकाशमा घुमिरहेको चिलरुपी कालले
जुनसुकै बखत झम्टेर लानसक्छ ।
वसन्त आयो
तर माली आएन
फूलरोप्न वागमा
–बाँझै पल्टियो
कोयलीको मधुर कोकिल
खै १ कतै पनि सुनिदैन
गुँड लाउने तरखरमा छैनन्
–चराहरू
कतै यो वर्ष–
फुलनै नखसाल्नेपो हुनकी
पानी वर्षिएन–
मात्र,आकासमा
धुवाँ सिवाय केहीछैन
खडेरीमै वित्ने हो कि यो वर्ष
मान्छे भित्र भित्रै गुम्सिएका छन्
प्रकृति त्यसै त्यसै उराठ छिन् ।

लडाकु युद्ध पोतमै तल्लिन छन्
युद्ध – कसैको स्वार्थ
युद्ध –कसैको बाध्यता
यस्तैमा –
कतिका सिन्दुर पुछाइए
आमाका कोमल छाती
कति चर्किए होलान
आँसुमा मुछिएर रात कटाउँदा
ताराहरु छट्पटिएर
झर्नखोजे होलान –बेदनामा ।
लाग्छ ,फर्कदा कति दिदी बहिनीका
सेता पहिरन देख्नु पर्ने हो ।
कतिरात !
भयावह ,घनघोर जंगल बीच
सम्झदा कठै १अत्यास लाग्छ
छियाछिया भएको हृदयले
–पत्करमा साउने झरी पारेछ ।
पर्ख ! अब म
काँधको बन्दुक फ्याँकेर
तिम्रो आँसु पुछ्न आउनेछु
चाहिएन लडकाउने तक्मा र सिक्री पनि
मातृभूमिको न्यानो पोल्टामा
तिम्रो असीम माया भए पुग्छ ।


चेतन काफ्ले, बानेश्वर, काठमाण्डौ ।