• २०८३ बैशाख १, मंगलवार

सुशीलाको तिज गीत ‘तिज आयो साथी संगी’ सार्वजनिक

काठमाडौँ ।

तिज लक्षित गीत ‘तीज आयो साथी संगी’ सार्वजनिक भएको छ । गायिका सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको गीतमा रावल जनकको शब्द र सङ्गीत छ । गीतको एरेन्ज सन्दीप कार्कीले गरेका हुन् ।

गीतको भिडियोमा जुना कार्की र नित्या शर्मा आचार्यको अभिनय छ । भिडियोका निर्देशक केशवराज भट्ट हुन् । अमेरिकाको बोस्टन रहदै आएकी गायिका सुशीला गीत संगीतमा नियमित सक्रिय छिन् । उनले यो गीत आफ्नै युट्युब च्यानलमार्फत् सार्वजनिक गरेकी हुन् । गीतको भिडियो नेपाल र अमेरिकामा छायाङ्कन भएको छ । गीतले हरितालिका तीजको सांस्कृतिक महत्वलाई उजागर गरेको छ ।