• २०८१ चैत ६ बिहीबार

गजल

 प्रथा

प्रथा

आँसु भरी दियो-बत्ती बाल्न पाए हुन्थ्यो
धन भएका गरीबहरू पाल्न पाए हुन्थ्यो !

देशै खायो खटिराले चिलाइरहन्छ शरीर
धुरी कटाई लुतो सबै फाल्न पाए हुन्थ्यो !

मनको त के कुरा र जता हेर्छु उतै भ्वाङ
चुहिरहने घरको छानो टाल्न पाए हुन्थ्यो !

देखिँदैन भित्री नाङ्गो बाहिरी पो देख्छन्
एकधरो जिउमा लुगा हाल्न पाए हुन्थ्यो !

काम गर्ने भोकै मर्छ कामचोरलाई मस्ती
श्रममूल्य खोज्ने प्रथा थाल्न पाए हुन्थ्यो !


प्रथा